Comments Add Comment

भ्यालियन्ट क्रिकेट कम्पनीका ब्राण्ड एम्बासेडर बने क्रिकेटर खत्री

२७ जेठ, पोखरा । पोखरेली खेलाडी दीपेश खत्री भारतको भ्यालियन्ट क्रिकेट कम्पनीका ब्राण्ड एम्बासेडर भएका छन् ।

भ्यालियन्ट क्रिकेटले पोखरेली क्रिकेटर खत्रीलाई ब्राण्ड एम्बासेडर बनाएको हो । पोखरामा आइतबार आयोजित एक कार्यक्रममा भ्यालियण्ट क्रिकेटका विपुल नारिगाराले क्रिकेटर खत्रीसँग सम्झौता भएको जानकारी गराए । तर, कति समयका लागि कति रकममा सम्झौता भएको भन्ने बारे भने गोप्य राखियो । सम्झौता अनुसार खत्रीद्वारा हस्ताक्षरित ब्याट भ्यालियन्टले नेपालमा विक्री गर्नेछ ।

सो अवसरमा भ्यालियण्ट क्रिकेट कम्पनीका विपुल नारिगारा, खेलाडी खत्री र सञ्चार उद्यमी हिरा भट्टराईले भ्यालियण्ट क्रिकेटद्वारा उत्पादित क्रिकेट ब्याटको लञ्चिङसमेत गरे ।

कार्यक्रममा बोल्दै क्रिकेटर खत्रीले भ्यालियण्ट क्रिकेट कम्पनीले आफूलाई ब्राण्ड एम्बासेडर बनाएकोमा खुशी व्यक्त गरे । यसले खेलाडीहरुमा व्यवसायिकता ल्याउन मद्धत गर्ने भन्दै उनले कम्पनीलाई धन्यवाद दिए ।

ब्राण्ड एम्बासेडर बनेका खत्री नेपाली क्रिकेट टिमका पूर्व राष्ट्रिय खेलाडी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment