Comments Add Comment

बुहारीलाई थर्काएपछि ऋषि कपुरसित सलमान आगो

बलिउड अभिनेत्री सोनम कपुरको बिहेमा धेरै साइड स्टोरीहरु बनेका थिए । जसमध्ये एक थियो, सलमान खान र ऋषि कपुरबीचको टकराव ।

भएको के थियो भने, जब ऋषि कपुर वैवाहिक समारोहमा पुगे, सबैले उनलाई आदरपूर्वक झुकेर अभिवादन गरे । तर, नजिकै भएर पनि के कारणले हो सलमानले उनलाई वास्तै गरेनन् । अनुहारमा पनि हेरेनन् । यसबाट ऋषि छक्क मात्रै परेनन्, क्रोधित पनि भए ।

ऋषिले सलमान खानको रिस उनकी बुहारी सीमा खान (सोहेल खानकी पत्नी) माथि पोखे । सीमालाई उनले दारुको तालमा नराम्ररी थर्काएको देखिन्थ्यो । तर, सलमानले त्यो देखेनन् । उनले पछि मात्रै यो कुरा थाहा पाए ।

आफ्नो परिवारको सदस्यमाथि भएको यो दुव्र्यवहारले सलमानलाई निकै बिझिरहेको रहेछ । उनले हालै एक अन्तरवार्तामा ऋषिमाथि आफ्नो मनको भँडास पोखेका छन् ।

अन्तरवार्तामा उनलाई ६० वर्ष नाघेका अमिताभ बच्चन र ऋषि कपुर अझै पनि फिल्म इन्डष्ट्रीमा सक्रिय रहनुलाई कसरी लिनुहुन्छ भनि सोधिएको थियो । सलमानले अमिताभको खुलेर प्रशंसा गरे ।

अनि सोधे, ‘अर्को को रे ?’

पत्रकारले फेरि ऋषि कपुरको नाम लिए । त्यसपछि सलमानले भने, ‘म सिनियर जुनियर जान्दिनँ । जसले मेरो परिवारलाई सम्मान गर्दैन उ मेरो निम्ति नाम लिन पनि लायक छैन ।’

उनले चलचित्र उद्योगमा एक-दुई परिवारले आफूहरुको अपमान गर्न खोजेको बताए । उनीहरुलाई आफूले पनि कहिल्यै सम्मान नगर्ने सलमानको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment