अन्तिम अभ्यास खेलमा ब्राजिलको प्रभावशाली जित

अनलाइनखबर २०७५ जेठ २८ गते ७:२३ मा प्रकाशित

२८ जेठ, काठमाडौं । ब्राजिलले विश्वकपको अन्तिम अभ्यास खेलमा प्रभावशाली जित निकालेको छ । भियनामा भएको अभ्यास खेलमा ब्राजिलले अस्टि्रयालाई ३-० ले हराएको हो ।

ब्राजिललाई जिताउन नेइमार, गाब्रिएल जिसस र फिलिप काउटिन्होले गोल गरे ।

३६ औं मिनेटमा जिससले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । नेइमारले ६३ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । यस्तै ६९ औं मिनेटमा कोन्टिन्होले अर्को एक गोल थप्दै ३-० को जित निकाले ।

पाँच पटकको विश्व विजेता ब्राजिललाई यस पटक पनि उपाधिको दावेदारको रुपमा हेरिएको छ । समूह ‘ई’ मा रहेको ब्राजिलले जुन १७ तारिख अर्थात असार ३ गते स्वीट्जरल्याण्डसँग पहिलो खेल खेल्ने छ । रुस विश्वकपको समूह ‘ई’मा ब्राजिल, स्वीटजरल्याण्ड, कोस्टारिका र सर्विया छन् ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

यसमा तपाइको मत




सम्बन्धित शीर्षकहरु

Also you may like this