Comments Add Comment

राफेल नाडालले ११ औं पटक जिते फ्रेन्च ओपन टेनिसको उपाधि

२८ जेठ, काठमाडौं । अष्ट्रियाका डोमिनिक थिमलाई सोझो सेटमा हराउँदै स्पेनिस राफेल नाडालले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । उनको यो ११ औं फ्रेन्च ओपन उपाधि हो ।

फ्रान्सको पेरिसस्थित क्ले कोर्टमा भएको फाइनलमा विश्व नम्बर एक नाडालले डोमिनिकलाई ६-४, ६-३ र ६-२ को सेटमा हराएर १७ औं पटक ग्राण्डस्लाम उपाधि जित्न सफल भए ।

३२ वर्षे नाडाल सबैभन्दा धेरै ग्राण्डस्लाम उपाधि जित्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । शीर्ष स्थानमा स्विजरल्याण्डका ३६ वर्षीय रोजर फेडेरर छन् । फेडेररले २० पटक ग्राण्डस्लाम उपाधि जितेका छन् ।

औंलामा चोट लागेका नाडाल आफ्नो २४ औं ग्राण्डस्लाम फाइनल खेल खेलिरहेका थिए जबकी डोमिनिक पहिलो पटक कुनै ठूलो फाइनल प्रतिस्पर्धामा थिए । डोमिनिक १९९५ मा रोला गेरोमा थोमस मास्टरको उपाधि जितेपछि ग्राण्डस्लामको फाइनलमा स्थान बनाउने अस्टि्रयाका पहिलो खेलाडी हुन् ।

क्ले कोर्टमा नाडाल र डोमिनिकको यो दसौं प्रतिस्पर्धा थियो । डोमिनिकले नाडाललाई कडा टक्कर दिने अनुमान गरिएको थियो किनभने पछिल्ला दुई वर्षमा उनी एकमात्र खेलाडी हुन् जसले नाडाललाई क्ले कोर्टमा हराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment