Comments Add Comment

पूजाको स्टाइल


चलचित्र ‘रामकहानी’लाई लिएर उत्साहित रहेकी नायिका पूजा शर्मा चलचित्रसँगै कुनै स्थानमा पुग्दा स्टाइलिस्ट बन्न रुचाउँछिन् ।
अवार्ड कार्यक्रमदेखि विभिन्न कार्यक्रममा उनी पहिरनमा विशेष ध्यान दिन्छिन् । पूजा भन्छिन्-‘मलाई आफू सुहाउँदो र सजिलो हुने पहिरन विशेष मनपर्छ ।’

नायिकासँगै निर्मात्रीको रुपमा समेत ‘म यस्तो गीत गाउँछु’बाट हिट भएकी पूजा ‘रामकहानी’ दर्शकका लागि अझ फरक स्वाद हुने बताउँछिन् ।
भदौ २२ गतेबाट रिलिज हुने यो चलचित्रमा आकाश श्रेष्ठ र पूजाको जोडी देख्न सकिन्छ ।

पूजाले चलचित्र ‘रामकहानी’ रिलिज लगतै निर्देशक सुरज सुब्बा ‘नाल्बो’को चलचित्रमा पनि काम गर्दैछिन् । यो चलचित्रको छायांकन अमेरिकामा हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment