Comments Add Comment

विराङ्गना गीतः शिल्पा र पृथ्वीको मायामा के पर्‍यो ?


असार २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘विराङ्गना’को नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक भएको ‘तिम्रो हाम्रो मायामा’ बोलको गीतमा दिपक शर्माको संगीत, रघु परियारको शब्द, कृष्ण काफ्ले र रेश्मा पुनको स्वर छ ।

यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार शिल्पा पोखरेल र पृथ्वीराज प्रसाइलाई फिचरिङ गरिएको छ । चलचित्रमा अनुप विक्रम शाही पनि मुख्य भूमिकामा छन् ।

सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको यो भिडियोलाई रामेश्वर कार्कीले खिचेका हुन् । राजबहादुर सानेको निर्देशनमा तयार भएको यो चलचित्रमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टको लगानी छ । यो चलचित्रले सशस्त्र प्रहरी महिलाको विरताको कथालाई उठान गरेको छ ।

नायिका शिल्पा पोखरेललाई दर्शकले एक्सन अवतारमा रुचाउँदै आएका छन् । यो चलचित्रमा उनले घोडा र बाँदरको साथमा एक्सन गरेकी छिन् । यसैले, शिल्पा दर्शकले यो पटक पनि आफ्नो एक्सन अवतारलाई रुचाउनेमा विश्वस्त छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment