Comments Add Comment

संघीय संसदको बैठक सूचना टाँसेर स्थगित


२८ जेठ, काठमाडौं । संघीय संसदको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको संघीय संदको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक स्थगित गरिएको हो ।

सोमबार संघीय संसदको दुईवटै सदनको बैठक बसेर संयुक्त बैठक सञ्चालन सम्बन्धी कार्यविधि पारित गर्ने कार्यसूची थियो ।

तर महासचिव मनोहरप्रसाद भट्टराईले अर्को सूचना जारी नभएसम्मका लागि बैठक विशेष कारण स्थगित भएको जानकारी गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment