Comments Add Comment

डा. उपेन्द्र देवकोटाको सम्झनामा

अन्तिम भईसक्यो मनमा बाँकी रहेन केही

सारा सांसारिक इच्छा, आकाँक्षाहरु यही

मन,धन सब नासिने दुख शयलका साथी

लालच,घृणा,द्वेष सबै भन्दा आत्मा माथी

 

समथल सतहमा आफुलाई यही बिश्राम

शिथिल भईसके इन्द्रियहरु लिदै आराम

अगाध,आशक्ति र मोह बाकी केही रहेन

अब कसै प्रति राग, द्वेष र घृणा नै भएन

 

मृत्युसित संघर्ष गर्दै जन्मभूमिको यादले

जीवनको अन्तिम घडीमा सतायो मायाले

सबैका आशाहरु मरीसके मृत्युको त्रासमा ,

ईच्छा आका’क्षाहरुको मरेको छैन मायामा

 

असहृय पीडा आँखै घेरीयो मृत्युको छायाले

कत्ति पनि भय नभएको देखाछ अनुहारले

मृत्युको घन्टी बजिरहेको बेला उनले सम्झिए,

बाल्यकालको पदचाप छुटेको त्यही सजाए

 

झलझली सम्झना आउछ माटोमा हुर्किएको

आफ्नैगाउँ घर सधै ढल्किरने गरेको पिंढीको

मर्मान्त पीडासँग जुधिरहेका पिंढीमा सुस्ताए

चम्चाबाट दुई पटक सिस्नेधाराको पानी पिए

 

अहो ! अमृत पिए सरी भो जन्मभूमिको जल

जल पिउनासाथ मुहारमा अलौकिक थल थल

मृत्युजन्य कलालाई मानवले सहजै स्विकार्दैनन

मृत्युबोध भई पीडाले एकनास छटपटाइ रहन्छन

 

सारा धन खर्चेर महँगा अस्पतालमा उपचार गर्न

क्षणभंगुर जीवनको अनित्यताको बोधमा नपर्न

मृत्युजन्य कलामा मृत्यु पनि आनन्ददायक हुन्छ

मोह लोभ भन्दा पनि मातृभूमिकै माया देखिन्छ

 

परलोकको हैन यो लोकको धेरै चिन्ता लागेको

कष्टका अवरोध पन्छाएर देशको लागी बाचेको

-हाल जर्मनी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment