Comments Add Comment

ट्राफिकलाई घुस दिन खोज्दा दुई जना प्रहरीको फन्दामा

२८ जेठ, काठमाडौं । ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोटरसाइकल चालक राज कर्माकार र पछाडि सवार जीवन अधिकारी छन् ।

काठमाडौं प्रहरी परिसरका अनुसार उनीहरुले ट्राफिक नियम उल्लङ्घन गरेपछि कारबाही गर्न खोज्दा १ हजार रुपैयाँ दिएर प्रलोभनमा पार्न खोजेका थिए । इन्कार गर्दा प्रहरीमाथि नै हातपात र धम्की दिएपछि उनीहरुलाई महागनरीय प्रहरी वृत्त, लैनचौरको जिम्मा लगाइएको हो ।

उनीहरुमाथि सार्वजनिक अपराध अन्तरगत मुद्दा चलाइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment