Comments Add Comment

राप्रपाका विभिन्न निकायबीच मैत्रीपूर्ण फुटसल

२८ जेठ, काठमाडौं । राप्रपाको विभिन्न निकायहरुबीच सोमबार काठमाडौंमा मैत्रीपूर्ण फुटसल खेल भएको छ ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको आयोजनामा भएको फुटसलमा राप्रपा केन्द्रीय समिति, महिला संगठन, युवक संगठन, विद्यार्थीको महिला समूह, विद्यार्थीको पुरुष समूह र प्रवास विभाग गरी ६ वटा टिमले प्रतिस्पर्धा गरेका थिए ।

महिला संगठन र विद्यार्थी महिला टिमको मैत्रीपूर्ण खेलमा महिला संगठन पेनाल्टी प्रहारबाट १-० गोल अन्तरले विजयी भयो ।  पुरुषतर्फको खेलमा राप्रपा केन्द्रीय सचिवालय र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन बीच फाइनल खेल भएको थियो । फाइनल खेलमा विद्यार्थी संगठनले पार्टी सचिवालयलाई पराजित गरेको छ ।

विजयी टिमलाइ राप्रपा उपाध्यक्ष टंक ढकालले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment