Comments Add Comment

प्रदेश २ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

२८ जेठ, जनकपुरधाम । प्रदेश २ सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।

सोमबार बसेको प्रदेशसभा बैठकले सरकारको आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको हो ।

सोमबारको बैठकमा नीति तथा कार्यक्रममाथि २१ जनाले धारणा राखेका थिए । सबै प्रदेश सांसदहरुले पक्षमा मतदान गरेपछि सर्वसम्मतले नीति तथा कार्यक्रम र दुईवटा विधेयक पारित भएको प्रदेश संसद सचिवालयले जनाएको छ ।

सोमबारको प्रदेशसभा बैठकले दुई विधेयक पनि सर्वसम्मतिले पारित गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र प्रदेश २ का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी बनेको विधेयक २०७५ सर्वसम्मतले पारित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment