बुधबार, ३० साउन, २०७५
OnlineKhabar.com
Suzuki

‘टपलेस’ भएर नुहाउन पाउने कि नपाउने ? मतदानबाट गरियो निर्णय !

महिलाहरुले दिए भोटिङको दबाव

Suzuki
अनलाइनखबर

फाइल तस्वीर

२९ जेठ, काठमाडौं । स्विमिङ पुलमा महिलाहरुले ‘टपलेस’ (कम्मरभन्दा माथि नांगै) भएर नुहाउन पाउने कि नपाउने भन्ने विवाद यति धेरै बढेको छ कि त्यसको निर्णय मतदानमार्फत् गर्नुपरेको छ । र, यो विवादमा टपलेस भएर नुहाउन पाउने पक्षको जित भएको छ ।

यो प्रसंग हो क्याटलोनियास्थित बार्सिलोनाको एक गाउँको । लामेतिया डिल व्यालियास गाउँमा टपलेस भएर नुहाउन पाउने कि नपाउने भन्ने विषयको निर्णय भोटिङमार्फत गरिएको हो ।

टपलेस भएर नुहाउन पाउनुपर्छ भन्नेहरुको पक्षमा ६१ प्रतिशत र विपक्षमा ३९ प्रतिशत नतिजा आएको बीबीसीले लेखेको छ ।

यो गाउँ बार्सिलोनाबाट करिब ३५ किलोमिटर उत्तरतर्फ पर्दछ । यो गाउँमा करिब आठ हजार जनसंख्या छ ।

महिलाहरुले दिए भोटिङको दबाव

स्थानीय क्याटलोन प्रशासनले यस मतदानको व्यवस्था गरेको थियो । यसको नतिजा कानुनीरुपमा १६ वर्षभन्दा बढी उमेरका महिलाहरुमा लागू हुने छ ।

हालै गर्मीको बेला जब दुई महिला कुनै स्विमिङ पुलमा टपलेस भएर नुहाइरहेका थिए, त्यहाँ रहेका लाइफ गार्डले प्रहरीमा खबर गरे । प्रहरी त्यहाँ पुगेर प्रहरीले तुरुन्त बिकिनी टप लगाउन भन्यो ।

यो घटनापछि टपलेस हुन पाउनुपर्ने पक्षमा रहेकाहरुले प्रहरी र प्रशासनविरुद्ध विरोध प्रदर्शन सुरु गरे । अर्कोतिर टपलेस हुनु हुँदैन भन्ने सन्देश दिन गाउँका पुरुष र महिलाहरुको समूह बिकिनी टप लगाएर स्विमिङ पुलमा पुगे । त्यहि बेलाबाट मानिसहरुले यसको छिनोफानो जनमत संग्रहबाट गर्नुपर्ने आवाज उठाएका थिए ।

२०७५ जेठ २९ गते ९:४८ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

७ प्रतिकृयाहरू प्राप्त
  • Bishwontar Sukubhatt लेख्नुहुन्छ    |   २०७५ जेठ २९ गते १०:२८

    बाहिरी देशको हामीलाई खासै चासो छैन । टपलेस होकि टपफूल हो त्यस्ता कुरा हामीलाई थाहाछैन जसरी नुहाएपनि होस् । तर शहरमा महिला अधिकारको कुरा यति बढ्यो कि मानौं महिलाहरुले नाङ्गै नुहाएपनि हिंडेपनि कसैलाई क्यै फरक पर्नेवाला छैन । यस्ता समाचारहरु छापेर कुरा नबढाएकै बेश । ग्रामीण महिला यति पींडित छन् कि भनि साध्य छैनन् बरु त्यतातिर ध्यान दिने होकि । बिदेशीका कुरा के गर्नु ।

    83
    6
    Share

  • avi लेख्नुहुन्छ    |   २०७५ जेठ २९ गते १०:४२

    एक पल्ट तेता घुम्न जानु पर्ला ……….

    26
    2
    Share

  • akash लेख्नुहुन्छ    |   २०७५ जेठ २९ गते १७:३२

    माछा मनोवृति भएकाले Top less भएर नुहाउछन, नभएकोले पेटीकोट छातीमा वाधेर नुहाउछन । इती !

    7
    1
    Share

  • गणेश प्रसाद न्यौपाने लेख्नुहुन्छ    |   २०७५ जेठ २९ गते १८:५२

    लाजलागे पो हुन्छ र ।
    महिलालाई जे मा पनि अधिकार चाहिने छ्या ।
    अब कुकुर झैँ बाटामा ………. ।

    4
    1
    Share

  • GOBINDA लेख्नुहुन्छ    |   २०७५ जेठ २९ गते २३:०१

    नेपालमा बसेर विदेशीका कुरा किन गरि राख्नु ‘ हाम्रा नेपालीका गाउँ घरमा छोप्न र छोप्न हम्मे- हम्मे परिराखेका बेलामा , दुइ छाक टार्न मुस्किल भै राखेको बेलामा , ति बिदेशीको दाँजोमा पुग्न देश र जनता कति धनि हुनु पर्छ , नेपालमा त १० % धनीहरुले मात्र गर्ने र सुन्ने कुरा हो ति पनि गरिबलाई सोषण गरेर र सरकार ढाटेर कमाएको अकूत सम्पति| तिनलाई तह लाएर तिनका समेत सम्पति देश बिकाश र गरिबी निबाहारण मा लगाउनु पर्ने बेलामा !

    1
    0
    Share

  • GOBINDA लेख्नुहुन्छ    |   २०७५ जेठ २९ गते २३:०२

    नेपालमा बसेर विदेशीका कुरा किन गरि राख्नु ‘ हाम्रा नेपालीका गाउँ घरमा Top छोप्न र Down छोप्न हम्मे- हम्मे परिराखेका बेलामा , दुइ छाक टार्न मुस्किल भै राखेको बेलामा , ति बिदेशीको दाँजोमा पुग्न देश र जनता कति धनि हुनु पर्छ , नेपालमा त १० % धनीहरुले मात्र गर्ने र सुन्ने कुरा हो ति पनि गरिबलाई सोषण गरेर र सरकार ढाटेर कमाएको अकूत सम्पति| तिनलाई तह लाएर तिनका समेत सम्पति देश बिकाश र गरिबी निबाहारण मा लगाउनु पर्ने बेलामा !

    7
    0
    Share

  • nepcin लेख्नुहुन्छ    |   २०७५ जेठ ३० गते १७:०५

    Bhai hallchha ni 🙂

    2
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this