Comments Add Comment

विशेष चिया बोकेर रुस लागे इंग्ल्याण्डका खेलाडी

काठमाडौं । विश्वकपका लागि रुस प्रस्थान गर्दैगर्दा इंग्ल्याण्ड टिमका खेलाडीले आफ्नो साथमा विशेष चिया छुटाएनन् ।

विशेष गरी टोटेनहृयामका खेलाडीहरुलाई उनीहरुको प्रशिक्षक माउरिसियो पोचेटिनोलाई झैं अत्याधिक क्याफिन युक्त माटे नामक चियाको लत लागेको छ । जुन, अर्जेन्टिनीहरुको लोकपि्रय पेय हो ।

दक्षिण अमेरिकाको पाराग्वेमा उत्पादन भएर अहिले अर्जेन्टिना, ब्राजिल र अन्य दक्षिण अमेरिकी देशहरुमा लोकपि्रय भएको यो विशेष चियामा जडिबुटीको गुण भएको र यसले धेरै फुर्तिलो बनाउने विश्वास गरिन्छ । ‘टोटेनहृयाममा धेरैले यो माटे नामक चिया पिउन थालेका छौं र मलाई पनि यसको लत लागिसकेको छ’ टोटेनहृयाम र इंग्ल्याण्डका डिफेन्डर एरिक डायरले भने ।

अघि भने, ‘खासमा टोटेनहृयाममा धेरै अर्जेन्टिनीहरु छन् र मैले पनि उनीहरुसागै माटे पिउन थालेा । हामी दक्षिण अमेरिकी जस्तै भएका छौं । इंग्ल्याण्डका केटाहरुलाई मैले यो चखाएको छैन तर, ड्यानी रोजले हाम्रो कोठामा खाएका भने छन् ।’

विशेषरुपमा परम्परागत भााडोमा राखेर पिइने यो चियाको अर्का प्रशंसक मिडफिल्डर डेल अली पनि हुन् । ‘मलाई यो धेरै नै मनपर्छ तर मेरो लागि एरिकले बनाइदिन पर्छ किनभने मलाई यो कसरी बनाउने भन्ने थाहा छैन’ अलीले भने ।

इंग्लाण्डका खेलाडीहरु मात्रै नभई अर्जेन्टिनाका लियोनल मेस्सी, ब्राजिलका नेमार, उरुग्वेका लुइस स्वारेज, उरुग्वेकै एडिसन काभानी जस्ता विश्वचर्चित दक्षिण अमेरिकी खेलाडीहरु पनि यो चियाको पारखी हुन् ।

द सनको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment