Comments Add Comment

काठमाडौंबासीले सास फेर्ने वायु कति हानिकारक ? 

सामान्य कुरा हो, जसरी हामीलाई बाँच्नका लागि खाना र पानीको आवश्यक हुन्छ । त्यो भन्दा बढी सास फेर्ने हावाको ।

हावा किन्नु पर्दैन । यो प्रकृतिबाट स्वत प्राप्त हुन्छ । साथै शरीरले पनि यसलाई पल-पलमा ग्रहण गरिरहेको हुन्छ । यद्यपी हामी फेर्ने सास कति शुद्ध होलान् ? यो प्रश्न खासगरी काठमाडौंबासीका लागि आवश्यक छ ।

भनिन्छ, स्वस्थ्य जीवनका लागि शुद्ध अक्सिजन आवश्यक हुन्छ । अक्सिजनको मात्रा पर्याप्त भएमा शरीर निरोगी हुन्छ । जब वायुको मात्रा अभाव हुन्छ, शरीर जीर्ण र रोगी हुन्छ ।

कस्तो वायु स्वस्थ्य ?

मानव स्वास्थ्यको लागि सफा र स्वच्छ वायु आवश्यक पर्छ । २१ प्रतिशत अक्सिजन, ७८ प्रतिशत नाइट्रोजन र १ प्रतिशत अन्य ग्यास भएको हावालाई स्वच्छ हावा मानिन्छ । तर, के हामीले श्वासप्रश्वास गरिरहेको वायु स्वच्छ छ त ?

वायुप्रदुषणको कुरा आउँदा नेपालमा काठमाडौं उपत्यकालाई धेरै नै जोखिमपूर्ण मानिन्छ । काठमाडौंको जनघनत्व, अव्यवस्थित शहरीकरण र दिनप्रतिदिन बढ्दै गरेका सवारी साधनको कारण काठमाडौं उपत्यकामा वायुप्रदूषणको अवस्था खराब रहेको अध्ययनहरुले देखाएका छन् ।

काठमाडौं उपत्यकामा वायु प्रदुषणको इतिहास धेरै लामो छैन । केहि दशक अघिसम्म पनि हराभरायुक्त काठमाडौं शहरको हावापानी धेरै राम्रो मानिन्थ्यो । तर, जब सडक सञ्जालहरुको विकास भयो र पेट्रोल डिजेलबाट चल्ने सवारी साधनहरुको प्रयोग बढ्यो त्यसपछि काठमाडौं शहरको वायुप्रदूषण बढ्न थाल्यो ।

विभिन्न अध्ययनहरुले काठमाडौं शहरमा वायुप्रदूषणको समस्या हुनुमा बढ्दो सवारीसाधनलाई मुख्य कारण मानेका छन् । त्यसपछि काठमाडौंको उपत्यकामा भएका उद्योगहरु -विशेषगरि इट्टा उद्योग)लाई अर्को मुख्य कारणको रुपमा लिइएको छ ।

कचौरा जस्तो आकारको यो शहरमा वायु प्रदुषण गराउने तत्वहरु धेरै टाढा फैलन पाउँदैन र आकाशमै घुमिरहने पनि अध्ययनहरुले बताएका छन् ।

हामी यो पृथ्वीमा बस्छौं र यो पृथ्वीमा भएका सबै सजिव वस्तुसँग सबैकुरा बाँड्छौ भने एक क्षेत्रमा जे परिवर्तन हुन्छ त्यसले हामीलाई  पनि असर गर्छ ।

हाम्रो वरिपरिको प्रदुषण र विभिन्न खालका फोहोरहरुले हामी आश्रति पर्यावरणमा मात्रै होइन त्यसले हाम्रो स्वास्थ्यमा पनि धेरै असर गर्छ । प्रदुषण पनि धेरै खालका हुन्छन तर मानवस्वास्थ्यलाई सबैभन्दा असर गर्ने वायु प्रदुषण र जलप्रदुषण हुन ।

प्रदुषणले मानव स्वास्थ्यलाई कसरी असर गर्छ ? 

खासमा वातावरण प्रदुषण हुने मानवजातीकै विभिन्न कि्रयाकलापहरुले हो र त्यसको असर पनि हामीले नै भोग्दै आएका छौं ।

वातावरण प्रदुषणको असर हामीले जलवायु परिवर्तन, समुन्द्री खानामा संक्रमण, फोक्सोको रोगको बढ्दो अवस्था र अन्य धेरै रुपमा भोग्न पनि थालिसकेका छौं ।

वायु प्रदुषणका असर

जब हामीले जैविक इन्धनको प्रयोग गर्छौं त्यसले वायुमण्डलमा विभिन्न खाले रसायनहरु छोड्ने गर्छ यसले हाम्रो वायुप्रदुषण गराउँछ ।

त्यसपछि हामीले बाँच्नको लागि हरेक क्षण श्वासप्रश्वास गर्दा त्यहि प्रदुषित वायु हाम्रो फोक्सोले तान्छ । हामी सास फेर्दा जस्तो हावा लिन्छौं त्यसले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ ।

१. प्रदुषित वायुमा स्वासप्रश्वास गर्नाले हामीलाई दम र अन्य श्वासप्रश्वास सम्बन्धी रोगहरु लाग्न सक्छ ।

२. वैज्ञानिक प्रमाणका अनुसार प्रदुषित वायु भएको ठाँउमा दिनको ६-७ घन्टा बसेमा स्वस्थ मानिसहरुको फोक्सोको कार्यसम्पादन घट्दै जान्छ र उनीहरु स्वासप्रस्वासको समस्याबाट ग्रस्त हुन्छन् ।

३. वायु प्रदुषणले मुख्य गरि क्यान्सरको समस्या निम्त्याउन सक्छ र प्रदुषित क्षेत्रमा बस्नाले मानिसलाई क्यान्सरको खतरा हुन्छ ।

४. खोकी लाग्ने र स्वासप्रस्वासमा समस्या हुने समस्या शहरी मानिसहरुमा साझा स्वास्थ्य समस्या हो ।

५. वायु प्रदुषणले रोग प्रतिरोधी प्रणाली, इन्डोक्राइन र प्रजनन प्रणालीमा खराबी गर्छ ।

६. प्रदुषणको उच्च स्तरको कणहरुले मुटुको समस्या हुने सम्भावना हुनछ ।

७. जैविक इन्धन जलाएपछि र कार्वनडाइअक्साइड धुँवाको रुपमा वायुमण्डलमा फैलिएपछि पृथ्वी तात्छ र त्यसले जलवायु परिवर्तन हुन्छ ।

८. विषाक्त रसायनहरु हावामा छोडिएका वनस्पतीमा पुग्छ र पानीको स्रोतमा मिसिन्छ । संक्रमित वनस्पती र पानीको माध्यमबाट विष विस्तारै हाम्रो खानामा आइपुग्छ ।

हामी यस्तो पर्यावरणमा बाँच्छौं जहाँ एकजनाको खराब कामले अरु धेरैलाई असर गर्ने सम्भावना धेरै रहन्छ । हाम्रो साना गल्तीहरुले पनि हामी बस्ने वातावरणलाई प्रदुषित बनाइरहेको हुन्छ ।

वातावरणमा हुने क्षतिलाई कम गर्न हामीले काम गरेका छौं भने हाम्रो प्रत्येक सकरात्मक कार्य गणना हुन्छ । हरियालीयुक्त वातावरणको लागि तपाई हामीले गर्ने सानो प्रयासले पनि धेरै ठूलो योगदान पुर्याउन सक्छ ।

त्यसैले अझैपनि समय बाँकी नै छ त्यस्तै हामीसँग अझै पनि धेरै प्राकृतिक स्रोतहरु बाँकी नै छ । त्यसैले वातावरण प्रदुषण कम गरेर हामीले यो पृथ्वीलाई आउने पुस्ताको लागि अझै राम्रो ठाँउ बनाउन सक्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment