Comments Add Comment

होटल सेन्टर प्लाजाले पायो आईएसओ मान्यता


२९ जेठ, काठमाडौं । पश्चिम नेपालको प्रवेशद्वार बाँकेको कोहलपुरमा रहेको होटल सेन्टर प्लाजाले ‘आईएसओ ९००१ः २०१५’ मान्यता पाएको छ ।

होटल संचालन भएको छोटो अवधिमा नै सेन्टर प्लाजा होटलले आईएसओ मान्यता पाएको हो । सेन्टरप्लाजा होटल अन्तर्राष्टिय मान्यताप्राप्त होटल भएको छ ।

५५ करोड रुपैयाँ लगानीमा निर्मित होटल सेन्टर प्लाजामा ८० कोठाको सुविधा छ भने २२ कठ्ठा क्षेत्रफल रहेको छ । होटेलमा पाँचतारे स्तरको सम्पूर्ण सुविधा छ भने ८० प्रतिशत स्थानीयलार्इ रोजगार दिएको छ । रोजगारी दिएकामध्ये ६० प्रतिशत महिला छन् ।

स्थानीय स्तरबाट उपलब्ध श्रमिकलाई प्रोत्साहन प्रशिक्षण र विकास गरी स्तरीय सेवा दिइरहेेको प्रबन्ध निर्देशकले देव अर्यालले बताए ।

चुस्त सेवा, क्वालीट फुड नै आईएसओ मान्यता पाउनुको प्रमुख कारण रहेकोे उनले बताए । होटल मंसिरदेखि आंशिक र बैशाख २५ गतेबाट पूर्ण संचालनमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment