Comments Add Comment

साउदीमा नेपाली मुस्लिम समुदायको इफ्तारी

साउदी अरब / नेपाली मुस्लिम समुदायले साउदीमा इफ्तारी पार्टीसँगै रमदानको शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन् । अल कासिम बुरैदा साउदी अरबमा कार्यरत रहेका उनीहरुले भव्यताका साथ शुभकामना आदानप्रदान गरेका हुन् ।

रम्जान दिन मिया समर्पणको सकि्रयतामा बुरैदा अल कासिममा मुस्लिम दाजुभाइहरुलाई एकजुट गराउने उद्देश्यले आयोजित कार्यक्रम सेख अब्बास तथा अलि हुसेनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा नुरुल जामा अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

बुरैदास्थित बलदिया खुल्ला पार्कमा गरिएको उक्त कार्यक्रममा यस क्षेत्रका पहाडदेखि मधेससम्मका करिब ५० जनाको उपस्थिति रहेको थियो । उनीहरुले इफ्तारी गर्न पाउँदा खुसी अनुभूति भएको बताएका थिए ।

कार्यक्रममा प्रमुख अथिति सेख अब्बास तथा अलि हुसेनले लैलतुल कद्रेको महत्व बारेमा छोटो मन्तब्य दिदै कार्यक्रम संचालकमा अहम् भूमिका खेल्ने दाजुभाइहरुलार्इ धन्यवाद ज्ञापन गरेका थिए ।

यस्ता कार्यक्रम अरु चार्डबाडमा पनि हुनु जरुरी देखिएको भन्दै उनीहरुले शुभकामनासहित सबैजनालाई एकजुट हुन आग्रह गरेका थिए ।

कार्यक्रममको समापन गर्दै रम्जान दिन मिया समर्पणले सहयोग गर्ने सलीम दिन मिया, इब्राहिम दिन मिया, अब्रार अहमद खान र अलि हुस्सेनलाई धन्यवाद दिएका थिए । उनले अन्र्राष्ट्रिय नेपाली मुस्लिम समाजको बारेमा जानकारी समेत गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment