Comments Add Comment

एन्टोनी ग्रिजम्यान

सन् २०१४ देखि फ्रान्सको राष्ट्रिय टोलीमा रहेका गि्रजम्यान विश्वकपका महत्वपूर्ण खेलाडी हुन् ।

दुई वर्षअघि घरेलु मैदानमा भएको युरोकप फुटबलमा पनि फ्रान्सलाई फाइनलसम्म पुर्‍याउन २७ वर्षका ग्रिजम्यानको महत्वपूर्ण भूमिका थियो ।

उनले स्पेनिस क्लब एथ्लेटिको मडि्रडमा पनि आफूलाई प्रमाणित गरीरहेका छन् । मडि्रडबाट युरोपा लिगको उपाधि जितेका उनमा अर्को स्पेनिस क्लब बार्सिलोनाले आउँदो सिजनका लागि आँखा लगाएको छ ।

उनी खेलमा गतिशील रहन्छन् । पाएका अवसरमा उत्कृष्ट फिनिसिङ गर्छन् । उनले राष्ट्रिय टिमबाट खेलेका ५४ खेलमा २० गोल गरेका छन् ।

सन् २०१७/१८ मा एथ्लेटिको मडि्रडबाट खेलेका ४९ खेलमा उनले २९ गोल गरेका थिए । १५ गोलका लागि अवसर बनाएका थिए । तीव्र गतिका उनले फ्रान्सलाई विश्वकप उपाधिसम्म लग्न सक्ने क्षमता राख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment