Comments Add Comment

झापामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

२९ जेठ, झापा । झापाको अर्जुनधारमा गएराती ट्याक्टर दुर्घटना हुँदा च्यापिएर चालककाे मृत्यु भएको छ । मृत्यु हुनेमा इलामकाे माई नगरपालिकाका २२ वर्षीय अनु विश्वकर्मा छन् ।

अर्जुनधारा नगरपालिका-६ स्थित भित्री सडकमा उनले चलाएको मे १ त १८६७ नम्बरको खाली ट्याक्टर पल्टिएर उनी च्यापिँदा घटनास्थलमै मृत्यु भएको हो ।

विश्वकर्मालाई ट्याक्टरको अगाडी पट्टी ईन्जिनको भागले थिचेको इलाका प्रहरी कार्यालय, अनारमनीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागी विएण्डसी अस्पतालमा राखिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment