Comments Add Comment

सडकमा परीक्षण गर्दा बाहिरियो नयाँ ‘स्यान्ट्रो’ को लुक्स


२९ जेठ, काठमाडौं । हुण्डाईले आफ्नो पुरानो लोकप्रिय ह्याचब्याक ‘स्यान्ट्रो’लाई नयाँ अवतारमा बजारमा उतार्न तयारी गरिरहेको छ । तर, स्यान्ट्रो कस्तो लुक्स र डिजाइनमा आउँछ भनेर कम्पनीले अझै पनि आधिकारिक रुपमा मुख खोलेको छैन । तर, भारतमा परीक्षणका लागि सडकमा उतारिएको स्यान्ट्रो देखिएपछि सो कारले चर्चा बटुलेको छ ।

यो अपग्रेडेड कारलाई कम्पनीले ‘स्यान्ट्रो’ नै नाम राखेर बजारमा ल्याउने/नल्याउने तय भएको छैन ।

टेस्टिङका लागि सडकमा ल्याइएको स्यान्ट्रोका विभिन्न भागहरु छोपिएका थिए । तर, कारण धेरैले त्यसमा आँखा लगाए । जसले गर्दा स्यान्ट्रोको प्राथमिक लुक्स कस्तो हुन्छ भनेर अड्कलबाजी काट्न सजिलो भएको छ ।

२०१४ बाट उत्पादन बन्द भएको स्यान्ट्रो ४ वर्षपछि सन् २०१८मा नयाँ अवतारमा बजारमा उतार्ने तयारी हुण्डाईले गरिरहेको छ । पहिलो उत्पादनको २० वर्षपछि फेरि स्यान्ट्रो ‘नयाँ जीवन’ लिएर आउनेछ ।

कम्पनीले स्यान्ट्रोलाई १.१ लिटर आईआरडीई र १.२ लिटर कप्पा इञ्जिनको अप्सन दिन सक्ने बताइएको छ । यसले करिब ७० पीएसको पावर दिनेछ । यो केवल पेट्रोल इन्जिनमा मात्र उपलब्ध हुने अनुमान छ ।

यसमा ५ स्पीड म्यानुअल गियर राख्न सक्ने अनुमान गरिएको छ । बजारमा हल्ला यो पनि छ की यसमा अटोमेटिक गियरबक्स पनि हुनेछ, जुन सानाकारमा पहिलोपटक रहनेछ ।

झण्डै २० लाख कार बेचेर स्यान्ट्रो अझै पनि धेेरै बिक्ने कारको सूचीमा सामेल छ ।


कम्पनीले स्यान्ट्रो कारलाई सन् १९९८ मा पहिलोपटक बजारमा ल्याएको थियो । हुण्डाई इण्डियाका म्यानेजिङ डाइरेक्टर र सिईओ वाय के कूले सन् २०१८को अन्त्यसम्म स्यान्ट्रो भारतीय बजारमा आइसक्ने बताएका छन् ।

कारको डिटेल अझै पनि बाहिर आएको छैन । तर, अब आउने स्यान्ट्रो पुरानो भन्दा उत्कृष्ट स्वरुपमा आउनेछ । यसमा इन्टेरियर स्पेशदेखि डिजाइन सबै निकै उत्कृष्ट रुपमा ल्याइने मानिएको छ ।

यसलाई हाइटेक फिचर्स लोड गरेर प्रिमियम ह्याचब्याक जस्तो बनाएर प्रस्तुत गर्ने योजनामा कम्पनी रहेको दावी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
कम्पनीले स्यान्ट्रोको उत्पादन बन्द गरेपछि बजारमा ग्राण्ड आई-टेनलाई प्रवर्द्धन गरेको थियो । सँगै इन्ट्री लेभलको इओन हृयाचब्याक कारले पनि हुण्डाईको ब्राण्डलाई नयाँ उचाई दिएको थियो ।

कम्पनीले नयाँ स्यान्ट्रोको विकास गर्न झण्डै १ हजार करोड भारु खर्च गरेको अनुमान छ । अहिले बजारका इन्ट्री लेभलका टक्कर दिने गरी स्यान्ट्रोले रि-इन्ट्री मार्नेछ ।
यो कारलाई पूर्ण रुपमा नयाँ प्लेटर्फममा तयार गरिएको अनुमान छ ।

नयाँ स्यान्ट्रो पहिलेको भन्दा पनि धेरै पि्रमियम अवतारमा साथ उपस्थित हुने अड्कल बाजीमा पछिल्लो घटनाले बल पुगेको छ । पहिले इन्ट्री लेभलको मानिएको कार अब निकै परिस्कृत भएर आउने तय छ ।

नयाँ स्यान्ट्रोमा पावर विन्डो, एसी, हाइट एड्जस्टेबल सिट लगायत थुप्रै सुविधा हुने बताइएको छ । सुरक्षाका लागि एयरब्याग तथा एबीएस पनि उपलब्ध हुने चर्चा छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment