Comments Add Comment

हो, किम जोङ-उन चलाख नेता हुन् : ट्रम्प

२९ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ-उनलाई चलाख नेताको संज्ञा दिएका छन् ।

लामो समयको धम्कीपूर्ण आरोप प्रत्यारोपपछि ट्रम्प र किमबीच सोमबार सिंगापुरमा भएको ऐतिहासिक भेटवार्ता भएको थियो । त्यसक्रमा उनले किम जोङ-उनलाई चलाख नेता भनेका थिए । पत्रकार सम्मेलनमा पनि उनले त्यही दोहोर्‍याए ।

२६ वर्षको उमेरमा नै सत्तामा आएर देशलाई चलाएको भन्दै उनले किम निकै चलाख नेता भएको बताए । अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘उनी निकै ट्यालेन्टेड (चलाख) व्यक्ति हुन् र आफ्नो देशलाई निकै माया गर्छन् ।’

उत्तर कोरियाली नेता किमको प्रशंसा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध जो कसैले पनि गर्न सक्ने तर, सबैभन्दा साहसीले मात्र शान्ति स्थापना गर्न सक्ने बताए ।

उनले उचित समयमा प्योङयाङको भ्रमण गर्ने बताए । साथै किमलाई हृवाउट हाउस आउन आग्रह गरेको र उनी त्यसमा सहमत भएको पनि जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment