Comments Add Comment

‘चिमुसीची’मा नम्रताको यस्तो डान्स, तर अडियो साह्रै कमजोर…


नायिका नम्रता सापकोटालाई फिचरिङ गरिएको चलचित्र ‘चिमुसीची’को शिर्ष गीत सार्वजनिक भएको छ । यो गीतमा सुजता पाण्डेको स्वर, सन्तोष पोखरेलको शब्द र करणराज खत्रीको संगीत छ ।

यो गीतको भिडियोलाई विक्रम स्वारले कोरियोग्राफी गरेका हुन् । चलचित्रका मुख्य २ कलाकार सुनिल क्षेत्री र एलिसा शर्माको भेटघाटको समयमा यो दृश्य पर्दामा आउने वुझ्न सकिन्छ ।

दिनेश श्रेष्ठले पटकथा, कथा र निर्देशन रहेको यो चलचित्रमा सुनिल र एलिासको अलवा सुशान्त कार्की, कमली वाइवा, सशांक बस्याल, शेखर सुवेदी, शिवराज खत्री लगायतको मुख्य भूमिका छ ।

चलचित्रमा अरुण गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल र डबबहादुर गुरुङको लगानी छ । चलचित्रमा बासु न्यौपानेको छायांकन, भूपेन्दं्र अधिकारीको सम्पादन छ ।

यो चलचित्र साउन ११ गतेबाट रिलिज हुँदैछ । चलचित्रको यो गीतको भिडियो औषत छ । नायिका नम्रता सापकोटाको नृत्यले दर्शकलाई खासै प्रभावित बनाउँदैन । चलचित्रको अडियो निकै कमजोर छ । जसलेगर्दा, यो गीत दर्शक तथा श्रोताको मुखमा झुण्डन लामो समय लाग्न सक्छ ।

नेपाली चलचित्रमा लोकलयका गीतहरु समावेश गर्ने फेसन नै बनेको छ । यो चलचित्र पनि यो फेसनबाट मुक्त हुन सकेको छैन । तर, यस्तो कमजोर अडियोले चलचित्रको प्रचारमा खासै फाइदा पुग्ने देखिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment