Comments Add Comment

किम र ट्रम्पको मेनु : दुई विश्वनेताले पहिलो भेटमा के-के खाए ?

२९ जेठ, काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सिंगापुरमा भइरहेको ऐतिहासिक भेटवार्ताले यतिखेर पुरै विश्वको ध्यान तानेको छ ।

पहिलो भेटमा किम-ट्रम्पले के सम्झौता गर्छन् मात्रै होइन उनीहरुले कस्तो कपडा लगाए, कस्तो एक्सप्रेसन देखाए र के-के खानेकुरा खाए भन्ने बारेमा पनि धेरैलाई चासो छ ।

किम र ट्रम्पको भेटमा उनीहरुलाई खुवाउन सेफहरुले विशेष खानाको मेनु तयार गरेका थिए जसमा तीनथरी डेजर्ट समावेश छन् । हृवाइट हाउसले सार्वजनिक गरेको मेनुमा कोरियाली र पश्चिमी खानाको फ्युजन रहेको छ ।

सुरुमा उनीहरुलाई विशेषगरी मलाय प्रायद्वीपमा लोकपि्रय हरियो आँपबाट बन्ने ‘केराबु’ मा मह र ताजा अक्टोपस राखी सर्भ गरिएको थियो । त्यस्तै काँक्रोमा अरु विभिन्न चिज राखेर बनाइने कोरियाली खाना ‘ओइजोन’ को साथमा एभोकाडोको सलादसँग प्राउन ककटेल ट्रम्प र किमले खाए ।

मुख्य कोर्सको रुपमा ट्रम्प र किमले विशेष डौफिनोइज आलु र बिफ खाए, जसमा उसिनेको ब्रोकाउली र छेउमा रेडवाइन सस राखिएको थियो ।

त्यस्तै मेनुमा रहेको अर्को स्वादिलो खाना बङ्गुरको मासु राखेर फ्राई गरिएको ‘याङजोउ  फ्राइड राइस’ हो । यसमा घरमै बनाइने जो चिल्ली सस राखिन्छ । याङजोउ फ्राइडराइस विशेषगरी प्राउन, मटर र अण्डा राखेर फ्राइड गरिन्छ । त्यस्तै किम र ट्रम्पले खाएको अर्को कोरियाली खानामा ‘डेगु जोरिम’ रहेको छ जसलाई कड फिस र मुला राखेर बनाइएको हुन्छ ।

उत्तर कोरियाको समुन्द्री खानाहरुको निर्यातमा प्रतिबन्ध लगाइएकाले मेनुमा समावेश थिएन. ।

त्यसैगरी मुख्य खानापछि खाइने डेजर्ट तीनथरि थियो । उनीहरुलाई डेजर्टको रुपमा डार्क चकलेट ‘टार्लेट गान्चे’, भेनिलाको स्वादमा ‘हागेन्डाज आइसक्रिम’ र एक प्रकारको फ्रेन्च पेस्ट्री ‘ट्रोपेजाइन’ दिइएको थियो ।

ट्रम्पले मनपराउने खानाको बारेमा सबैलाई थाहा भए पनि सार्वजनिक स्थान र मिडियामा निकै कम देखिने किमले कस्तो खालको मन पराउँछन् भन्ने बारेमा धेरैलाई चासो रहेको छ ।

रिपोर्टहरुका अनुसार उनले स्विजरल्याण्डमा विद्यार्थीकालमा चिज धेरै खाने गर्थे र उनी महंगा मदिराका सौखिन थिए । त्यस्तै उनले कोबे बिफ र सुसी पनि मन पराउँथे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment