Comments Add Comment

ट्रम्प र किमको शिखर वार्ता र सहमतिको नेपालद्वारा स्वागत

२९ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको शिखर वार्ताको नेपालले स्वागत गरेको छ ।

परराष्ट्र मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरी दुई नेताबीच सिंगापुरमा शिखर वार्ता भइ संयुक्त विज्ञप्ति पनि जारी भएकोमा स्वागत गरेको हो ।

नेपालले शिखर वार्तामा भएका निर्णय कार्यान्वयन हुने कोरियाली प्रायद्वीपमा स्थायी शान्ति कायम हुने विश्वास पनि व्यक्त गरेको छ ।

ट्रम्प र किमबीचको वार्तामा कोरियाली प्रायद्वीपमा निशस्त्रीकरण गर्ने सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment