Comments Add Comment

अमेरिकाले बनायो विश्वकै तीव्र गतिको सुपर कम्प्युटर


अमेरिकाले विश्वमा अहिलेसम्मकै सबैभन्दा तिव्र गतिको सुपर कम्प्युटरको निर्माण गरेको छ ।

समिट नाम दिइएको उक्त सुपरकम्प्युटर अहिले रहेको सुपर कम्प्युटर भन्दा दोब्बर शक्तिशाली रहेको छ । यो सुपर कम्प्युटरले एक सेकेण्डमा २ लाख ट्रिलियन क्याल्कुलेसन गर्न सक्दछ । अर्थात् यो सुपर कम्प्युटर २०० पेटाफ्लोप्स क्षमताको छ ।

यसअघि सम्म विश्वमा सबैभन्दा तिव्र गतिमा चल्ने सुपर कम्प्युटरको रुपमा रहेको चीनको सनवे ताइहुलाइट सुपरकम्प्युटरको प्रोसेसिंग पावर ९३ पेटाफ्लोप्स रहेको छ ।

अमेरिकाले निर्माण गरेको समिट सुपर कम्प्युटरको प्रयोग अन्तरीक्ष भौतिक विज्ञान, क्यान्सर अनुसन्धान र सिस्टम बायोलोजीमा हुनेछ ।

अमेरिकाको टेनिसीस्थित ओक रिज नेसनल ल्याबमा यो सुपर कम्प्युटर निर्माण गरिएको हो । आइबिएम र एनविदिया कम्पनीको सहकार्यमा यसको निर्माण भएको बीबीसीले जनाएको छ ।

सुपरकम्प्युटर यस्तो अत्याधुनिक कम्प्युटर हो जसमा निकै नै वृहत महंगो प्रणाली जडित हुन्छ र विशिष्टिकृत क्याल्कुलेसनयुक्त कार्यका लागि दशौँ हजार प्रोसेसरको प्रयोग गरिएको हुन्छ ।

समिट सुपरकम्प्युटरमा ४ हजार ६०८ कम्प्युट सर्भर हुनुका साथै १० पेटाबाइट मेमोरी रहेको छ ।

ल्याबका निर्देशक डाक्टर थोमस जाचारियाका अनुसार यो सुपर कम्प्युटर निर्माण हुँदाका बखत देखि नै कम्पेरेटिभ जेनोमिक्स कोड सम्बन्धी कार्यका लागि प्रयोग गरिँदै आएको छ । उनले यस सुपरकम्प्युटरको एसेम्बलिङ लाई रेसिंग कार गुडिरहेकै बेला यसको टायर फेर्नुजत्तिकै तिव्र तथा जटिल भएको बताएका छन् ।

गत वर्ष सार्वजनिक एक तथ्यांक अनुसार विश्वका टप ५ सय सुपर कम्प्युटर मध्ये अमेरिकासँग १ सय ४३ वटा छन् भने चीनसँग २ सय २ वटा रहेका छन् ।

समिट निर्माण अघि अमेरिकासँग भएको सबैभन्दा तिव्र गतिको सुपर कम्प्युटर टिटान हो । यो विश्वको पाँचो तिव्र गतिको सुपर कम्प्युटर हो ।

समिट सुपर कम्प्युटर सार्वजनिक समारोहमा बोल्दै अमेरिकी उर्जा मन्त्री रिकी पेरीले आफुहरु प्रतिस्पर्धामा रहेको भन्दै कुन बेला को पहिलो हुन्छ भन्ने कुराले अर्थ राख्ने बताए । अमेरिका प्रतिस्पर्धाको मार्गमा फर्किएको र निकै ससक्त तरिकाले फर्किएको दृष्टान्त संसारलाई प्रस्तुत गर्नु निकै महत्वपूर्ण रहेको उनको भनाई छ ।

उनका अनुसार समिटको कम्प्युटिङ क्षमता यति शक्तिशाली छ की यसले ३० वर्षका सम्पूर्ण डाटालाई एक घण्टामै क्याल्कुलेसन गर्न सक्दछ । यो भनेको संसार नै बदल्नु हो ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment