Comments Add Comment

माउरिन्होको भविश्यबाणीः ब्राजिलले इंग्ल्याण्डलाई घर पठाउँछ

काठमाडौं । जोजे माउरिन्होले भविश्यबाणी गरेका छन् कि इंग्ल्याण्ड विश्वकपको क्वार्टरफाइनलबाटै बाहिरिनेछ । म्यानचेष्टर युनाइटेडका प्रशिक्षक माउरिन्होका अनुसार ब्राजिलले इंग्ल्याण्डलाई रुसबाट घर फर्काउनेछ ।

माउरिन्होकाअनुसार विश्वकपमा उरुग्वे, स्पेन, फ्रान्स, अर्जेन्टिना, ब्राजिल, जर्मनी, इंग्ल्याण्ड र सेनेगल समूह विजेता हुनेछन् भने रुस, पोर्चुगल, अष्ट्रेलिया, नाइजेरिया, स्वीट्जरल्याण्ड, मेक्सिको, बेल्जियम र पोल्याण्ड उपविजेता हुनेछन् ।

उरुग्वे भर्सेस पोर्चुगल
स्पेन भर्सेस रसिया
फ्रान्स भर्सेस नाइजेरिया
अर्जेन्टिना भर्सेस अष्ट्रेलिया
ब्राजिल भर्सेस मेक्सिको
जर्मनी भर्सेस स्वीट्जरल्याण्ड
इंग्ल्याण्ड भर्सेस पोल्याण्ड
सेनेगल भर्सेस बेल्जियम

यस्तै माउसिन्होले क्वार्टरफाइनल र सेमिफाइनलको सम्भावित भेट पनि अनुमान गरेका छन् ।

उनका अनुसार पोर्चुगल, स्वेन, फ्रान्स, अर्जेन्टिना, ब्राजिल, जर्मनी, इंल्ग्याण्ड र बेल्जियम क्वार्टरफाइनलमा पुग्नेछन् । यसो हुँदा अन्तिम ८ भेट यस्तो हुनेछ ।

पोर्चुगल भर्सेस फ्रान्स
ब्राजिल भर्सेस इग्ल्याण्ड
स्पेन भर्सेस अर्जेन्टिना
जर्मनी भर्सेस बेल्जियम

फ्रान्सलाई हराएर पोर्चुगल र इंग्ल्याण्डलाई हराएर ब्राजिल सेमिफाइनलमा पुग्ने माउरिन्होको दाबी छ । यस्तै स्पेनलाई हराएर अर्जेन्टिना र बेज्यिमयलाई हराएर साविकको विजेता जर्मनी पनि अन्तिम चारमा पुग्ने उनको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment