Advertisement skip this
  1. ताजा अपडेट
Comments Add Comment
खडुनिधि संग्रौला, दुधे, झापा
२०७५ जेठ ३० गते १३:३७
95% सही कुरा, एकदम सही कुरा हो ९५% सही किन भने, बिगतमा कांग्रेसले नै बनाएको भए मुलुक बन्थ्यो भनेर कांग्रेसलाइ दोष दिएर आफु पानि माथिको ओभानो नबन्नु होस्, कमन्युस्टको सरकार पनि कांग्रेस जत्तिकै समय राज गरको थियो माखो मारेनन खाली भ्रस्ट्रचारमा एमाले माओबादी चूरलुम्म डुब्यो अब पनि तपाइको पार्टी भ्रस्ट्रचारमा नलाग्ला भन्न सकिदैन तिनै भ्रस्ट्रचारि नेताको हाली मुहाली छ , खुलेआम भ्रस्ट्रचारबाट आर्जेको सम्पति आफ़ोनो सम्पति सरह अस्ति सम्पति बिबरण मा देखाए , ४-५ क्लास पढेका केहि शिप नभएका, कतै उधोग धन्द्धा मा हात नहालेका तपाईका नेता हरुको कसरी काठमान्डूमा २-४ बटा घर , २-४ बाट घडेरी, किलो किलो सुन चांदी आफ्नो पुर्ख्युली गाँउ मा करोडौं को सम्पति कसरी आयो ???? पहिले आफ्नो पार्टी भित्रका एक, एक नेताको सम्पति केलाउनु होस् अनि थाल्नुहोस भ्रस्ट्रचारिलाइ "मृत्यु दण्ड" दिन - तपाइलाई जनता ले प्रधान मन्त्रि बनाउनेछ्न १५ बर्षलाइ
prakash
२०७५ जेठ ३० गते १२:१८
देश वन्छ बन्दैन त्याे एक राजनितिज्ञ (जाे अाफ्नाेमात्र भुडि भर्छ)लाई भन्दा ब्यापार गर्ने ब्यापारी लाई थाहा हुन्छ । किनकि ब्यापारकाे लागी रेल अावस्यक छ । तिमि भारतीय दलाल हाै भने यस्ताे कुरा गर्छै पुर्वाधारमा जाे सुकैकाे सहयाेग लिनुपर्छ । बात कर्ता हे ।
बिनोद भण्डारी
२०७५ जेठ ३० गते १२:१०
रेल, सेल-पानी जहाज ले देश बन्दैन,बर्तमान नेपाल त भाषणले हो काम गरेर बन्ने हो । बिकास को सपना को सारङगी रेटेर जनता विरोधी काम गर्दै जानु नी असान्दर्भिक छ । जे होस यहाको कुरा समय सापेक्ष लाग्यो, साथै काम भन्दा बढी कुरो गर्ने, देश र जनताको आकान्क्षालाइ बेवास्ता गर्दै कानुनी शासन को धज्जी उडाउने जस्ता काम पनि अहिले हुदै आएको हुदा सुशासन, दिगो बिकास, रोजगारी को सम्बन्धमा पनि यस्तै गरि आवाज बुलन्द गर्नु आबश्यक देखिन्छ । हामीले आफ्नै ब्यक्तिगत स्वार्थ पुरा गर्न देशको स्रोत साधन नै विभिन्न सन्धी सम्झौता गरेर अन्य देशलाई बुझाइ सक्यौ । यि याबत कुराहरु को बारेमा पनि बहस हुने जरुरी छ।

चीनबाट रेल मागेर देश बन्दैन : भुसाल

३० जेठ, बुटवल । नेकपाका नेता घनश्याम भुसालले कार्यकारी राष्ट्रपतिको असान्दर्भिक कुरा गरेको भन्दै पार्टी अध्यक्ष प्रचण्डको आलोचना गरेका छन् ।

प्रचण्डले अहिलेको शासकीय प्रणालीले चुनाव खर्च बढाएकाले अब कार्यकारी राष्ट्रपतिमा जानुपर्ने बताउँदै आएका छन् । यसबारे दलहरुबीच आन्तरिक सहमति भइसकेको दावी पनि उनले गर्दै आएका छन् ।

तर उनकै पार्टीका नेता भुसालले बुधबार बुटवलमा आयोजित साक्षात्कारमा प्रचण्डले असान्दर्भिक कुरा गरेको बताए ।

उनले भने, ‘अहिले संविधान कार्यान्वयन गर्ने बेला हो, पहिला यसलाई कार्यान्वयन गरौं यदि भएन भने त्यतिबेला गरौंला । यसलाई कसले रोकेको छ र, उहाँ नै अध्यक्ष हुनुहुन्छ ।’

कार्यकारी राष्ट्रपतिबारे भित्री सहमति भएको हो भन्ने प्रश्नमा भुसालले कुनै सहमति नभएको बताउँदै भने, ‘जे हुन्छ सहमति मै हुन्छ ।’

‘विदेशी अनुदानबाट देश बन्दैन’

भुसालले विदेशीको अनुदान सहयोगले मात्रै राष्ट्र समृद्ध बन्न नसक्ने बताए । अहिलेसम्म चीनसँग नेपालको सम्बन्ध समस्यारहित रहेको भन्दै उनले भने, ‘चीनबाट पुल मागेर, हाइड्रो, रेल मागेर हामी धनी हुदैनौं, रेलमा त हामी नै हिँड्ने होला नी ।’

भुसालले भने, ‘अनुदानले देश बन्दैन, अनुदानमा केके सर्त हुन्छन्, बरु ऋण ठीक हो, देशले पचाउन सक्ने सामर्थ्य भए ऋणले राष्ट्र डुब्दैन ।’

उनले ऋण ल्याएर भत्ता बाँड्ने, भ्रष्टाचार गर्ने काम भए मुलुक बर्बाद हुने धारणा राखे ।

‘कांग्रेस ऐतिहासिक रुपमा पछि पर्‍यो’

कार्यक्रममा भुसालले कांग्रेस ऐतिहासिक रुपमा पछि परेको पनि बताए । ‘हिजो कांग्रेस कति बलियो थियो, चुनाबमा यसरी हारिन्छ भन्ने त डिएनएमै सोचेकै थिएन होला,’ उनले भने, ‘अहिले कम्युनिष्टलाई ठूलो अवसर छ, ऐतिहासिक अवसर छोप्न नसके हामी पनि कांग्रेसझैं पछि पर्छौं ।’

उनले थपे, ‘कांग्रेसले नै बनाएको भए मुलुक बन्थ्यो, अब हामीले पनि सकेनौं भने मौका गुमाउछौं ।’

बिकास र नेपालको भविश्य कम्युनिष्टको हातमा आएको बताउँदै उनले सबैभन्दा पहिले पार्टीलाई भ्रष्टाचारमुक्त बनाउनुपर्ने बताए । उनले भने, ‘अब पार्टी नै भ्रष्टाचार बिरोधी छ भन्ने कुरा नेकपाले प्रमाणित गर्नुपर्छ, पार्टीभित्र भ्रष्टाचार भए बाहिर लड्न सकिँदैन, दुनियासँग लड्न सक्ने गरी हामी पार्टी निर्माण गर्छौं ।’

संघीयतालाई बलियो बनाउने गरी अहिलेको बजेट आएको भन्दै नेता भुसालले राजनीतिक प्रतिबद्धता भएमात्र बजेट कार्यान्वयन हुने प्रष्ट पारे । प्रदेशको संरचना नबनेकाले आएको बजेट कम देखिएको उनको निचोड छ ।

तिनाउमा संगठित भ्रष्टाचारको आशंका

बुटवलको तिनाउ नदीको दोहन गरी ब्रहृमलुट मच्चाइएको भन्दै उनले आफू पनि लज्जित भएको बताए । उनले तिनाउमा संगठित भ्रष्टाचार भएको आशंका गरे ।

अर्बौंको लुट हुँदा मिडियामा पनि कम आयो, नेता पनि कम बोले । एक्लै भएको छैन, यहाँ पुलिस होला, कर्मचारी होलान्, अब यसलाई तत्कालै रोकिने छ,’ उनले भने ।

स्थानीय तहमा पुगेका अधिकार अभ्यास गर्न अन्यौल भएको भन्दै उनले अधिकार दुरुपयोग नगर्न जनप्रतिनिधिलाई आग्रहसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment