Comments Add Comment

८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा हुन्छ : गभर्नर नेपाल

फाइल तस्वीर

३० जेठ, काठमाडौं । गभर्नर डा. चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्षमा सरकारको आर्थिक वृद्धिको लक्ष्य हासिल हुने बताएका छन् । सरकारले बजेटमार्फत राखेको ८ प्रतिशतको वृद्धिदर पूरा हुने उनले विश्वास व्यक्त गरे ।

गभर्नर नेपालले स्थायी सरकार नै आर्थिक वृद्धिदर हासिल हुने मुख्य आधार रहेको दावी गरे । प्रदेश र स्थानीय तहमा आर्थिक गतिविधि बढ्ने भएकाले मुलुकको आर्थिक वृद्धिदर बढोत्तरी हुँदै जाने गभर्नर नेपालको तर्क छ ।

उनले विगतमा विद्युत आपूर्ति नहुँदा समेत आर्थिक वृद्धिदर सात प्रतिशतसम्म पुगेको उल्लेख गर्दै अब आथिक वृद्धि बढाउन वातावरण तयार भएको बताए ।

गभर्नर नेपालले आर्थिक वृद्धिदर हासिल हुनेगरी बजेट खर्च हुने आधारको रुपमा प्रदेश र स्थानीय सरकार रहेको पनि बताए ।

प्रदेश र स्थानीय तहमा आर्थिक गतिविधिको अत्याधिक माग भएकाले पनि पूँजीगत खर्च बढाउन समस्या नहुने गभर्नर नेपालको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment