Comments Add Comment

उपरदाङ्ग गढीमा ‘नालापानी’को छायांकन


चलचित्र ‘नालापानी’लाई भव्य र इतिहासमा उल्लेख गरिए अनुसार पर्दामा देखाउन यसका निर्देशक रिमेश अधिकारी लागिपरेका छन् । चलचित्रको छायांकनमा कुनै पनि संझौता नगरिएको उनले बताएका छन् । यो चलचित्रको छायांकन हाल चितवनको ऐतिहासिक स्थान ‘उपरदाङ्ग गढी’मा भैरहेको छ ।

एक सातादेखि यो स्थानमा छायांकन भैरहेको र अझै एक हप्ता लाग्ने निर्देशक अधिकारीले बताएका छन् । यो स्थानको छायांकन सकिएसँगै ९० प्रतिशत छायांकनको काम पुरा हुने र बाँकी १० प्रतिशत छायांकन काठमाण्डौमा नै गरिनेछ ।

समुद्र सतहदेखि १२७५ फिट उचाइमा पर्ने यो किल्ला तत्कालिन बाइसे-चौविसे राज्य एकिकरणका बेला अंग्रेज फौज विरुद्धको युद्धको दौरानमा नेपाली भूमिकाको रक्षाका लागि सन् १८०० को सुरुतिर पृथ्वीनारायण शाहका नाती तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले निर्माण गरेका थिए । चलचित्रका लागि यही स्थान नै चाहिने भएकाले निकै दुखका साथ यो स्थानमा आएको निर्माणपक्षले बताएको छ ।

‘नालापानी’मा अंग्रेज फौजसँग बहादुरीका साथ लडेका नेपालीहरुको कथालाई प्रस्तुत गरिएको छ । चलचित्रलाई मनोज शाक्यले निर्माण गरिरहेका छन् । चलचित्रमा देव गुरुङ, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पूजना प्रधान लगायतका कलाकारको मुख्य भूमिका छ । पद्मा कुमारी फिल्मस् प्रालि र गंगानारायण फिल्मस् प्रालिको संयुक्त ब्यानरका यो चलचित्र बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment