Comments Add Comment

ढुवानीका गाडी चल्न नदिएको विरोधमा रामेछापको मन्थली बन्द

३० जेठ, रामेछाप । बीपी ढुवानीका साधन बन्द भएको विरोधमा रामेछापका व्यवसायीहरुले सदरमुकाम मन्थली बजार बन्द गरेका छन् ।

व्यवसायीहरुले बजारमा सामान सकिएको भन्दै व्यवसाय बन्द गरेका हुन् । व्यवसायीहरुले बजार बन्द गर्दा सर्वसाधारणले आवश्यक उपभोग्य वस्तु किनमेल गर्न पाएका छैनन् ।

बीपी मार्गको सिन्धुली खुर्काेट सडक खण्डमा सिन्धुली प्रशासनले १० टन माथिका ढुवानीका साधन र १८ सिटभन्दा माथिका बस चल्न रोक लगाएपछि रामेछापका व्यवसायी विरोधमा उत्रिएका हुन् ।

ढुवानीका साधनमा प्रतिबन्ध लागेपछि रामेछापमा उपभोग्य सामान ढुवानी हुन सकेको छैन । सामान ढुवानी गर्न नदिएको भन्दै रामेछापका व्यवसायी चरणवद्ध आन्दोलनमा उत्रिएका हुन् ।

सोही क्रममा बुधबार उनीहरुले बिहान ९ बजेबाट मन्थली बजार बन्द गरेका हुन् । राज्यले अत्याचार गरेकाले आन्दोलनमा उत्रिनु परेको रामेछाप उद्योग वाणिज्य संघका महासचिव जगन्नाथ दाहालले बताए ।

व्यवसायीहरुले बजार बन्द गरी सडकमा विरोध प्रदर्शन गरेका छन् ।

यसैबीच सिन्धुली प्रशासनले प्रहरीसँगको मिलेमतोमा मंगलबार राति दोलखाको लागि ढुवानीका साधन छाडेको भन्दै रामेछापका व्यवसायीले विरोध गरेका छन् ।

सिन्धुलीबाट सामान बोकेर दोलखा तर्फ जादै गरेका ट्रक रोक्न खोज्दा यातायात व्यवसायीहरु रामकुमार श्रेष्ठ र शान्तिराज कार्कीलाई बुधबार विहान प्रहरीले मन्थलीको सुकाजोर खोला कजवेबाट पक्राउ गरेको रामेछाप उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत नवीन केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment