Comments Add Comment

अब बिजुली चोरविरुद्ध गृह र उर्जा मन्त्रालयको संयुक्त ‘अप्रेशन’

३० जेठ, काठमाडौं । बिजुली चोरीलाई नियन्त्रण गर्न गृह र उर्जा मन्त्रालयले संयुक्त कारबाही चलाउने भएको छ ।

बुधबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उर्जा मन्त्री वर्षमान पुनबीच भएको छलफलपछि दुुवै मन्त्रालयले संयुक्त रुपमा विजुरी चोरी नियन्त्रण अभियान थाल्ने निर्णय भएको हो ।

गृह स्रोतका अनुसार विद्युत् चोरी नियन्त्रणलाई परिणाममुखी रुपमा कार्यान्वयनमा ल्याउनका लागि संयुक्त अभियान थाल्ने दुई मन्त्रीबीच सहमति भएको छ । त्यसका लागि प्रत्येक जिल्लाको जिल्ला प्रशासन कार्याल्य र विद्युत् प्राधिकरण शाखा कार्यालयबीच समन्वय गरी संयुक्त कार्ययोजना तयार गरी अप्रेशन चलाउने निर्णय भएको छ ।

विद्युत् निर्माण आयोजना स्थलमा सुरक्षाको प्रत्याभूत गर्न थप सुरक्षा आवश्यक भएमा गृहमार्फत सक्रियतापूर्वक कार्य गर्ने विषयमा समेत छलफल भएको छ ।

त्यस्तै, सडक निर्माणका सन्दर्भमा विद्युत्का पोलहरु समस्याको रुपमा देखा परेको भन्दै अन्तर निकायगत समन्वय गरी अत्यावश्यक क्षेत्रमा तत्काल विजुलीको पोलहरु सार्ने निर्णय भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment