Comments Add Comment

विश्वकपको अघिल्लो दिन स्पेनका प्रशिक्षक बर्खास्त

३० जेठ, काठमाडौं । विश्वकप फुटबल सुरु हुन एक दिन बाँकी रहँदा स्पेनले प्रशिक्षक जुलेन लोपेटेगीलाई बर्खास्त गरेको छ ।

स्पेनले १ असारमा पोर्चुगलसँग पहिलो खेल खेल्दैछ । तर, त्यसअघि प्रशिक्षक बर्खास्तीमा परेका हुन् ।

स्पेनिस फुटबल फेडेरेसनले पत्रकार सम्मेलन गरी ५१ वर्षीय लोपेटेगीलाई बर्खास्त गरेको घोषणा गरेको हो । संघलाई कुनै जानकारी नदिई रियल मड्रिडसँग सम्झौता गरेकाले लोपेटेगीलाई बर्खास्त गरिएको उसले बताएको छ ।

स्पेनिस क्लब रियल मड्रिडले मंगलबार मात्र लोपेटेगीलाई नयाँ प्रशिक्षक नियुक्त गरेको घोषणा गरेको थियो ।

‘मलाई थाहा छ यो निकै कठिन समय हो । र, मैले जे गरेपनि आलोचना हुन्छ’ अध्यक्ष लुइस रुबियल्सले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment