Comments Add Comment

२०२६ को विश्वकप आयोजना अमेरिका, क्यानडा र मेक्सिकोले गर्ने

३० जेठ, काठमाडौं । २०२६ को विश्वकप फुटबल तीन देशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् ।

अमेरिकाको अगुवाइमा क्यानडा र मेक्सिकोले विश्वकप आयोजनाको जिम्मा पाएका हुन् । तीन देशबाहेक मोरक्कोले पनि विश्वकप आयोजनाका लागि आफ्नो दाबी पेश गरेको थियो ।

फिफा कंग्रेसमा भएको मतदानमा अमेरिकी प्रस्तावको पक्षमा १३४ मत परेको थियो भने मोरक्कोले मात्र ६५ भोट पायो । एक भोट भने दुबैको विपक्षमा परेको थियो ।

सन् २०२६ मा हुने विश्वकपका ८० खेलमध्ये ६० प्रतिशत अमेरिकामा हुनेछ, जसमा क्वार्टरफाइनलदेखि सबै खेल समावेश छन् ।
२०२२ को विश्वकप कतारमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment