Comments Add Comment

काठमाडौंबाट ४२ हजार ८०५ लिटर घरेलु मदिरा बरामद

 

३० जेठ, काठमाडौं । प्रहरीले काठमाडौंको विभिन्न क्षेत्रबाट ४२ हजार ८ सय ५ लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।

काठमाडौं प्रहरी परिसरसहित मातहतका विभिन्न वृत्त र प्रभागबाट खटिएको प्रहरी टोलीले बरामद गरेको अवैध मदिरा र प्रयोग हुने कच्चा पदार्थ बुधबार नष्ट गरिएको हो ।

परिसरका प्रमुख विश्वराज पोखरेलका अनुसार उपत्यकाको बौद्ध, कपन, बसपार्क, कालिमाटी, स्वयम्भु, कोटेश्वर, बालाजु, टोखा लगायतका क्षेत्रमा घरेलु मदिरा उत्पादनत तथा विक्री वितरण हुने गरेको छ ।

‘यसरी उत्पादन हुने मदिरामा कुहिएको खाद्यान्न, युरिया मल, चाक्कु, खख्खर लगायतका खाद्य एवं अखाद्य वस्तुहरुको प्रयोग हुने गरेको खुलेको छ’, उनले भने, ‘हामीले ९ हजार किलो बराबरको कच्चा पदार्थ पनि बरामद गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment