Comments Add Comment

कहाँ-कहाँ दौडिउन् स्वस्तिमा ?


हिन्दीमा एउटा उखान छ, ‘उपर वाला देता हे तो, छप्पड फाड के देता हे’ । यो उखान अहिले नायिका स्वस्तिमा खड्कामा लागू भएको छ । चलचित्र ‘२ रुपैयाँ’को ‘कुटुमा कुटु’मा नृत्य गरेपछि बढेको उनको प्यारामिटर घट्ने छाँटकाँट नै छैन ।

देशका चर्चित ब्यानरका चलचित्रमा अहिले स्वस्तिमाले काम गरिरहेकी छन् । तर, बढ्दो डिमाण्डले उनलाई तनाव दिने अवस्था पनि देखिएको छ । निर्देशक विकासराज आचार्यले उनलाई मुख्य भूमिकामा लिएर बनाएको चलचित्र ‘नाई नभन्नु ल ५’ भदौ ८ मा रिलिज हुँदैछ । यो चलचित्रको प्रचारका लागि उनले अब पुरा समय दिनुपर्नेछ ।

यता, निर्देशक अशोक शर्मा १२ बर्षपछि निर्देशनमा फर्किएका छन् र स्वस्तिमाथि करोड बढी दाउ लगाएका छन् । असोज ३० गतेबाट चल्ने उनको चलचित्र ‘जय भोले’का लागि पनि स्वस्तिमाले दौडधुप गर्नुपर्नेछ । उनको दौडधुप अहिलेबाट नै सुरु भएको छ ।

यता, असोज ३० मै रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा ३’मा पनि स्वस्तिमाले खेल्न भ्याइसकेकी छिन् । भलै सानो भूमिका होस्, तर स्वस्तिमाले यो चलचित्रको लागि पनि समय दिनुपर्नेछ ।

यसरी, लगातार ३ वटा ठूला ब्यानरका चलचित्रको प्रचारमा दौडदा स्वस्तिमाको कुन चलचित्र आउँदैछ भन्ने कन्फ्यूजन दर्शकमा हुनसक्छ । आखिर, स्वस्तिमाले कुन चलचित्रका लागि दौडधुप धेरै गर्लिन् ? प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment