Comments Add Comment

पोखरामा महिला उद्यमी मेला शुरु

३० जेठ, पोखरा । पोखरा उद्योग वाणिज्य संघको महिला उद्यमी विकास उपसमितिको आयोजनामा पोखरामा महिला उद्यमी मेला शुरु भएको छ । असार २ गतेसम्म चल्ने मेलाको प्रदेश ४ कि उपसभामुख सिर्जना शर्माले उद्घाटन गरिन् ।

‘आर्थिक समृद्धिका लागि महिला उद्यमशीलता’ भन्ने नाराका साथ सुरु भएको मेलामा रहेका करिब ७० वटा स्टलहरुमा देशैभरका महिला उद्यमीहरुको उत्पादनहरु बिक्री तथा प्रदर्शनीमा राखिएका छन् ।

महिलाद्वारा सञ्चालित लघु उद्योग, हस्तकला, ढाका कपडा उद्योगबाट उत्पादित खाद्य, घरायसी एवम् लत्ताकपडाहरु मेलाको आकर्षणका रुपमा रहेका छन् । पोखरा प्रदर्शनी केन्द्रस्थित डोममा रहेको स्टलहरुमा महिलाले उत्पादित सामग्रीको प्रदर्शनी र बिक्रीको अलावा तान नै राखेर कपडा बुनाई पनि प्रदर्शनमा राखिएका छन् ।

मेलाको अवसरमा उद्यमशीलता सम्बन्धी विभिन्न कार्यक्रम गरिने भएको छ । मेलाको पहिलो दिन बुधबार देशैभरका महिला उद्यमीहरुको राष्ट्रिय भेला गरिएको छ । भेलाले महिला उद्यमी भेला २०७५, पोखरा घोषणपत्र जारी गर्ने आयोजकले जानकारी दिएको छ ।

मेलाको उद्घाटन गर्दै प्रदेश ४ कि उपसभामुख सिर्जना शर्माले हरेक क्षेत्रमा महिला सहभागिताको लागि महिला स्वयं नै क्रियाशील हुनुपर्ने बताइन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले जग्गाको भाउ बढेकाले अहिले महिलाले मात्र हैन, जो कोहीले पनि जग्गा किनेर उद्योग राख्न गाह्रो भएको बताए । औद्योगिक क्षेत्र निर्माण तथा विशेष आर्थिक क्षेत्र निर्माणबारे बजेटमा भएको व्यवस्थाको छिटो कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment