Comments Add Comment

अमेरिकी सहयोगमा निर्मित बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र हस्तान्तरण

३० जेठ, सिन्धुपाल्चोक । अमेरिकी सहायतामा निर्माण भएको सिन्धुपाल्चोकको बाह्रविसेको प्राथमिक स्वास्थ्य सेवा केन्द्रको भवन बुधबार हस्तान्तरण गरिएको छ । स्वास्थ्य तथा जनख्या मन्त्री उपेन्द्र यादव र नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले उक्त भवन संयुक्त रुपमा स्थानीयलाई हस्तान्तरण गरेका हुन् ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) मार्फत १८ लाख डलरको लागतमा उक्त परियोजना सञ्चालन गरिएको थियो ।  परियोजनाअन्तर्गत दुई नयाँ भवन निर्माण गर्नुका साथै पुरानो एउटा भवन जीर्णोद्धार गरिएको छ । सबै भवनलाई पूर्ण रूपमा स्वास्थ्य मन्त्रालयका मापदण्ड बमोजिम सुविधा सम्पन्न बनाइएको छ ।

बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र २०७२ सालको भूकम्पपछि युएसआइडीको आर्थिक सहयोगमा पुनर्निर्मित हुने पहिलो स्वास्थ्य संस्था हो । १५ शय्याको यस प्राथमिक स्वास्थ्य केन्द्रले खतरामा रहेका शिशु र जोखिमपूर्ण अवस्थामा रहेका गर्भवती महिलालगायत ग्रामीण भेगका एक लाख १२ हजार मानिसलाई प्राथमिक स्वास्थ्य उपचार प्रदान गर्दै आएको छ ।

हस्तान्तरण समारोहमा राजदूत टेपलेट्जले भूकम्पपछिको विपद्‌को घडीमा नेपाल सरकार र नेपाली जनताप्रतिको आफ्नो गहिरो मित्रता प्रदर्शन गर्न अमेरिकी सरकार सक्षम भएकोमा गर्व लागेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment