Comments Add Comment

प्रधानमन्त्री ओलीविरुद्धको अवहेलना मुद्दा सर्वोच्चद्वारा दरपीठ

३० जेठ, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीविरुद्धको अदालतको अवहेलना मुद्दा दर्ता गर्न अस्वीकार गरेको छ ।

ज्यान मुद्दामा कैद सजाय भोगिरहेका बालकृष्ण ढुंगेलको कैद मिनाहा गरी अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता सुरेन्द्र भण्डारीले प्रधानमन्त्री ओलीसमेतलाई विपक्षी बनाइ उजुरी लिएर सर्वोच्च पुगेका थिए ।

तर सर्वोच्चका सहरजिष्टार नारायण पन्थीले ढुंगेलको कैद मिनाहासम्बन्धी अर्को रिट अदालतमा कारबाहीयुक्त नै रहेकाले अर्को दर्ता गर्न नमिल्ने ठहर गरेको हो । ढुंगेलको कैद मिनाहाकै विषयमा अधिवक्ता दिनेश त्रिपाठीले जेठ १० गते रिट दायर गरेका थिए ।

अधिवक्ता भण्डारीले बालकृष्ण ढुंगेलको कैद मिनाहा गरेर सरकारले सर्वोच्च अदालतबाट भएको आदेशको पालना नगरेकाले अदालतको अवहेलना भएको दावीसहित उजुरी दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment