बिहीबार, ३१ साउन, २०७५
OnlineKhabar.com
Suzuki
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

लोडसेडिङका कारण ९ वर्षमा देशले गुमायो ११ खर्ब

Suzuki
अनलाइनखबर

२९ जेठ, काठमाडौं । लोडसेडिङका कारण पछिल्लो ९ वर्षमा देशले ११ खर्ब रुपैयाँ बराबरको नोक्शानी भोेग्नुपरेको पाइएको छ ।

विश्व बैंकको पछिल्लो रिपोर्टका अनुसार लोडसेडिङकै कारण नेपालले सन् २००८ देखि १६ सम्ममा ११ खर्ब रुपैयाँ गुमाउनुपर्‍यो । देशले ९ वर्षमा गुमाएको ११ खर्ब बराबरको रकम २००८ को कुल ग्रार्हस्थ उत्पादन बराबरको रकम हो ।

लोडसेडिङकै कारण राजस्व संकलनमा पनि २ं५ प्रतिशतले कमी आएको रिपोर्टमा उल्लेख गरिएको छ ।

विद्युत प्राधिकरणमा कुलमान घिसिङ कार्यकारी निर्देशक भएर आएपछि लोडसेडिङ हटाउने अभियान सुरु भयो र जेठयता देश लोडसेडिङमुक्त भएको छ ।

विश्व बैंकका अनुसार २००८ देखि २०१६ सम्ममा लोडसेडिङकै कारण आर्थिक बृद्धिमा समेत असर परेको छ । ‘यो बीचमा लोडसेडिङमा नभएको भए बाषिर्क थप ७ प्रतिशतको आर्थिक वृद्धि हुन्थ्यो’ विश्व बैंकको रिपोर्टमा उल्लेख छ ।

‘लोडसेडिङका कारण नेपालले एक दशकमा कति गुमायो ?’ नामक रिपोर्टमा लोडसेडिङकै कारण बाहृय तथा आन्तरिक लगानीमा समेत असर परेको उल्लेख छ ।

रिपोर्टकाअनुसार बिगतका ९ वर्षमा यदि लोडसेडिङ हुँदैनथ्यो भने लगानी वाषिर्क रुपमा ४८ प्रतिशतले वृद्धि हुन्थ्यो । लोडसेडिङका कारण साना र मझौला उद्योगहरुको स्थिति धरासायी नै भयो । ठूलो लगानी भएका उद्योगहरुले नियमित उत्पादन गरेपनि उनीहरुको लागत उच्च हुँदै गएको थियो ।

विश्व बैंकका अनुसार लोडसेडिङकै कारण उद्योगको उत्पादनमा वाषिर्क ६.९ प्रतिशतको गिरावट आएको थियो । यसले निर्यातमा पनि असर परेको थियो । विद्युत आपूर्ति सहज नहुँदा निर्यातमा वार्षिक २.८ प्रतिशतले कमी आएको विश्व बैंकको निश्कर्ष छ ।

आयातमा भने ५.४ प्रतिशतले कमी आएको प्रतिवेदनमा उल्लेख गरिएको छ । लोडसेडिङका कारण देशमा ग्यास, डिजल र पेट्रालको खपत भने बढ्यो ।

जसका कारण समग्र सेवा क्षेत्रमा आयात ५.२ प्रतिशतले बढेको देखिन्छ । ‘एलपिजी कुकिङ ग्यासको आयात बढेसँगै सेवा क्षेत्रमा वृद्धि देखिएको हो’ रिपोर्टमा भनिएको छ ।

लोडसेडिङकै कारण नेपालमा धेरै विद्युत खपत गर्ने मल तथा केमिकल उद्योगको स्थापना हुन नसकेको विश्व बैंकको निश्कर्ष छ ।

लोडसेडिङका कारण सेवा क्षेत्रबाहेक अन्य सबैमा भने नकारात्मक असर पारेको देखिन्छ । रिपोर्टका अनुसार निर्माण क्षेत्र वार्षिक ३१ प्रतिशत र खानी तथा उत्खनन कार्य २७.३ प्रतिशतले कमी आएको अध्ययनको निश्कर्ष छ ।

लोडसेडिङ हटेसँगै घरघरमा हुने खर्च घटेको छ । घरघरमा यसअघि भएको ब्याट्री इन्भर्टर जस्ता सामानमा हुने खर्चमा कमी आएको विश्व बैंकले जनाएको छ ।

२०७५ जेठ ३० गते १९:३५ मा प्रकाशित (२०७५ जेठ ३१ गते ७:१६मा अद्यावधिक गरिएको)
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

८ प्रतिकृयाहरू प्राप्त
  • राम चन्द्र थापा लेख्नुहुन्छ    |   २०७५ जेठ ३० गते २०:०८

    कृतिम लोडशेडीङ्ग गराउने देशद्रोहीहरुलाई फासी चढाउने कसले?

    40
    0
    Share

  • Khamma Singh Darlami लेख्नुहुन्छ    |   २०७५ जेठ ३० गते २०:३०

    we lost 11 kharba because Madav Nepal of UML had wrote a letter to World Bank to stop funding and cancel Arun III project and we have this loadshedding in 9 years
    Now the UML or NCP surrendered this project to India

    40
    6
    Share

  • कोष राज थपलिया लेख्नुहुन्छ    |   २०७५ जेठ ३० गते २३:११

    देशका धमिराहरूलाई कस्ले कार्रवाई गने ?

    1
    0
    Share

  • Chandra लेख्नुहुन्छ    |   २०७५ जेठ ३१ गते ५:१२

    यो कृत्रिम लोडसेडिगँ गरेर भ्रस्टाचार गर्ने सबै हाकिमको सम्पत्ति छानबिन हुनुपर्छ ।

    लोडसेडिन्ग बाट घाटा लागेको अर्थतन्त्र को जिम्मेवारी तत्कालिन मन्त्रीले र नेताहरुले लिनुपर्छ ।

    1
    0
    Share

  • AB लेख्नुहुन्छ    |   २०७५ जेठ ३१ गते ९:५६

    Justice to those people who caused this artificial loadshedding? Why “nagarik samaj” is mute on this type of national matter? Who are responsible for this gross negligence and which authority will bring those guilty to justice?

    1
    0
    Share

  • कृष्ण जी लेख्नुहुन्छ    |   २०७५ जेठ ३१ गते १०:१८

    यत्रो घाटा निरन्तर भैरहेको अवस्थालाई रोक्ने उर्जा मन्त्री र महानिर्देशक श्री कुल मान घिसिङ्गलाई राष्ट्रिय सम्मान खै ?

    1
    0
    Share

  • avi लेख्नुहुन्छ    |   २०७५ जेठ ३१ गते १०:४२

    ahile pani gaughar ma 12 ghanta bhanda badhi load sheding khapnu parne badhyata xa.. ke ko load sheding free bhayo hamro country.. khali kagaj ma garera hudaina..

    0
    0
    Share

  • geeta लेख्नुहुन्छ    |   २०७५ जेठ ३१ गते १२:१४

    साच्चै परिवर्तन भन्ने कुरा कुनै एउटा ब्यक्तिको ईच्छाशक्तीबाट पनि यति संभब छ भन्ने गतिलो उदाहरण हुन कुलमान घिसिङ्ग दैनिक १८ घण्टा लोडसेडिङ हुने देशलाई लोडसेडिङ मुक्त गराए । सलाम छ कुलमान घिसिङ्ग ….. यसरी नै काम हुने भए संसारको स्वर्ग नै हुने छ नेपाल

    1
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this