Comments Add Comment

जडिबुटीमा ट्रिपर जलाउने दुई जना समातिए

२९ जेठ, काठमाडौं । काठमाडौंको जडिबुटीमा ट्रिपरमाथि आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ जडीबुटी बस्दै आएका १९ वर्षीय नरज खड्का र सोलुखुम्वु सल्लेरी घर भइ हाल लोकन्थली बस्दै आएका २० वर्षीय कमल राई छन् ।

यसअघि बुधबार जडिबुटीमा ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको थियो । लगत्तै, आक्रोशित स्थानीयले ट्रिपरमाथि आगजनी गरेको थियो ।

दुर्घटना पश्चात् ट्रिपरमा आगजनी गरेको आरोपमा महानगरीय प्रहरी प्रभाग, काटेश्वरले उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको हो ।

यसअघि भक्तपुरबाट काठमाडौं आउँदै गरेको बा ४ ख ३५५८ नम्बरको ट्रिपरले सोही दिशातर्फ आउँदै गरेको बा ७० प ९३९९ नम्बर स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा स्कुटरमा सवार रौतहट गौर घर भइ हाल काभ्रेको बनेपा बस्दै आएकी २४ वर्षीय अस्मिता राजभण्डारीको मृत्यु भएको थियो ।

प्रहरीले ट्रिपरलार्इ पनि नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment