Comments Add Comment

आफ्नै भाइलाई बेहोस बनाएर हत्या !

बुटवल, ३० जेठ । भैरहवामा नौ दिनअघि भएको युवकको हत्यामा आफ्नै दाजुको संलग्नता रहेको खुलेको छ ।

गत जेठ २१ गते राति सिद्धार्थनगर नगरपालिका ८ लेखनाथपथका सतिस साहनीको शंकास्पद मृत्यु भएको थियो ।

उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले मृतकको दाजु सञ्जय साहनीले भाइ सतिसलाई निद्रा लाग्ने औषधी दूधमा मिसाएर सेवन गराई बेहोस बनाएपछि घांटी थिचेर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लिनारायण पाण्डेले जानकारी दिए ।

सम्पत्तिको लोभले सोतेलो भाइको हत्या भएको अनुसन्धानमा खुलेको पाण्डेले अनलाइनखबरलाई बताए । हत्यामा संलग्नताको पुष्टी भएपछि सञ्जयलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment