Comments Add Comment

सभामुख महरासहित तत्कालीन माओवादीका ९ हजार जनाविरुद्ध मुद्दा

नेकपाका प्रमुख सचेतक गुरुङले भने-अदालतमा विचाराधीन मुद्दा सत्य निरुपण आयोगमा सारौं

३० जेठ, काठमाडौं । सभामुख कृष्णबहादुर महरा सहित तत्कालिन माओवादीका ९ हजार नेता कार्यकर्तामाथि बिभिन्न अदालतमा मुद्दा विचाराधीन रहेको खुलेको छ ।

नेकपाका प्रमुख सचेतक देव गुरुङले यी मुद्दा कुनै पनि बेला सक्रिय हुन सक्ने भन्दै तत्काल कानुन संशोधन गरेर सत्य निरुपण तथा मेलमिलाप आयोगको दायरमा ल्याउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभामा कानुन मन्त्रालय अन्तर्गतको बजेट विनियोजनमा छलफलमा भाग लिदै प्रमुख सचेतक गुरुङले अदालतमा ८ सय भन्दा बढी मुद्दा जनयुद्धकालका रहेको बताए । उनले शान्ति प्रक्रियामा आउनुअघिका ती मुद्दा कुनै पनि बेला सक्रिय हुनसक्ने बताए ।

त्यस्तै १२ सय भन्दा बढी मुद्दा प्रहरीमा दर्ता भएर बसेको समेत जानकारी दिए । सत्य निरुपण तथा मेलमिलाप आयोगलाई अदालतमा विचाराधीन युद्धकालीन मुद्दा हेर्ने अधिकार नभएकाले आयोग औचित्यहीन बनेको गुरुङले बताए ।

सभामुख महराको दाहिनेतिरको रोष्टममा उभिएर गुरुङले भने ‘माओवादी जनयुद्धमा लागेका करिब ९ हजार भन्दा बढी नेता कार्यकर्तामाथि मुद्दा छ । सभामुखलगायत ९ हजारभन्दा बढी नेतामाथिको मुद्दा कुनै पनि बेला क्रियाशील हुनसक्छ । यी मुद्दा कसरी किनारा लगाउने हो, सत्य निरुप्ण अयोगको क्षेत्राधिकार विस्तार गरौं, कानुन संशोधन गरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment