+
+

फुटबलले बिथोल्छ निन्द्रा, हृदयघातको खतरा !

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ३१ गते ९:००

विश्वकप फुटबल रुसमा हुँदैछ, त्यसको ज्वरोले भने नेपाली समाजलाई पनि च्यापिसकेको छ । फुटवलको यो महाकुम्भलाई छुटाउने कुरा भएन । मास्को लगायत रुसको ११ शहरमा हुने प्रतियोगिता हामी घरमै बसी-बसी हेर्न सक्छौं । यसका लागि कसैले टेलिभिजनको व्यवस्था गरेका होलान्, कसैले प्रोजेक्टरको ।

त्यसबाहेक टोल-टोलमा, रेष्टुरेन्टमा, खास जक्सनहरुमा फुटबल हेर्ने व्यवस्था गरिदैछ ।

करिब एक महिनासम्म हुने विश्वकप फुटबलले हाम्रो दैनिकी भने पुरै प्रभावित बनाउनेछ । किनभने विश्वकपको तालिका अनुसार कुनै खेल मध्यरातदेखि सुरु हुनेछ भने, कुनै साँझदेखि । कतिपय छुटाउनै नसक्ने मुलुकका खेलहरु मध्यरातमा हेर्नुपर्ने हुन्छ ।

विश्वकप फुटवलले जुन किसिमको उल्लास ल्याएको छ, त्यो आफैमा सकारात्मक हो । तर, फुटवलको यो तालिकासँग तालमेल मिलाउँदा हाम्रो दैनिकी भने लथालिंग हुनसक्छ ।

किनभने, फुटवलकै लागि हामी रातभर जाग्रम बस्छौं । रातभर बस्ने भएपछि केही न केही खानैपर्‍यो । थरीथरीका स्न्याक्स, मदिराको पनि कतिले व्यवस्था गरेका होलान् । मदिरापान गरेपछि उत्तेजना बढ्छ । हो-हल्ला गरिन्छ ।

यसरी रातभर जाग्राम बसेर रमाइलो गरेपछि अर्को दिन हामी सामान्य लयमा र्फकन सक्दैनौ । उठाई अबेर हुन्छ, खाने तालिका नियमित हुँदैन । भनौं, दिनभरको कार्यतालिका अनुसार आफुलाई डोहोर्‍याउन सक्दैनौं । यसले हाम्रो दैनिक कामधन्दामा त वाधा पुर्‍याउँछ नै, त्यो भन्दा बढी स्वास्थ्यमा समस्या निम्त्याउँछ ।

स्वास्थ्यमा के कस्ता असर गर्छ ?

रातभर जाग्राम बसेर फुटबल हेरेपछि अर्को दिन हामी सामान्य लयमा र्फकन सक्दैनौ । उठाई अबेर हुन्छ, खाने तालिका नियमित हुँदैन । यसले हाम्रो दैनिक कामधन्दामा त वाधा पुर्‍याउँछ नै, त्यो भन्दा बढी स्वास्थ्यमा समस्या निम्त्याउँछ ।

रातभर जाग्राम बसेर फुटबल हेरेपछि अर्को दिन हामी सामान्य लयमा र्फकन सक्दैनौ । उठाई अबेर हुन्छ, खाने तालिका नियमित हुँदैन । यसले हाम्रो दैनिक कामधन्दामा त वाधा पुर्‍याउँछ नै, त्यो भन्दा बढी स्वास्थ्यमा समस्या निम्त्याउँछ ।कतिपय खेल राति १२ बजेभन्दा अबेर सुरु हुनेछ । र, यी खेलहरु अक्सर छुटाउन नसकिने पनि छन् । यस्ता खेलहरु हेर्नका लागि हामी रातभर बस्छौं । रातभर बसेपछि हामी पर्याप्त निदाउन पाउँदैनौ । किनभने थाँती रहेका कामहरु भ्याउनुपर्ने हुन्छ ।

एकदिन मात्र भए, ठिकै हो । तर, महिनादिनसम्म हाम्रो दैनिकी यसैगरी प्रभावित हुन्छ । भनौं, हामीले पर्याप्त सुत्न पाउँदैनौ । स्वस्थ शरीरका लागि नियमित रुपमा ७ देखि ८ घण्टासम्म गहिरो निद्रा सुत्नुपर्ने हुन्छ । कम सुत्दा निरन्तर रुपमा स्नायु प्रणालीलाई कमजोर बनाउँछ । यसले उच्च रक्तचाप र हृदयघातको खतरा निम्त्याउँछ ।

उच्च रक्तचापको भय

जब हामी राम्ररी सुत्दैनौ, त्यसले शरीरमा अनेक रोगको जोखिम बढाइदिन्छ । यसले उच्च रक्तचाप निम्त्याउन सक्छ । किनभने पर्याप्त निद्रा नलिदा शरीरमा खराब कोलोस्ट्रोलको मात्रा बढ्छ । यसले उच्च रक्तचापको समस्या निम्त्याउँछ । हार्ट अट्याक, हार्ट फेलियर र अनियमित धड्कनको खतरा पनि हुन्छ ।

मोटोपन बढ्छ है

रातभर बसेपछि हाइ क्यालोरीको खानेकुरा खान मन लाग्छ । अध्ययनहरुले के देखाएको छ भने, बिहान अबेर उठ्ने व्यक्तिहरु बिहानै करिब ६ सय ७० क्यालोरीभन्दा बढी खाइदिन्छन् । साथै निद्राको कमीले गर्दा शरीरको तौल नियन्त्रण गर्ने लेप्टिन नामको हर्मोनको स्तर कम हुन्छ र मोटोपन बढ्छ ।

अपर्याप्न निद्राले थकान लाग्ने, दिक्क लाग्ने, तनाव बढ्ने समस्या हुन्छ । यसले मुटुको रोग निम्त्याउँछ । डिप्रेसनग्रस्त बनाउँछ ।

मधुमेहले गाँज्छ

जब हामी राती अबेरसम्म बस्छौं, भोक अनुभव हुन्छ । भोक मेट्न स्न्याक्स वा केही न केही खान्छौ । यसले मोटोपन बढाउँछ । मधुमेहको जोखिममा पार्छ । त्यसमाथि कार्बनडाई अक्साइडयुक्र खाना सेवन गरिन्छ, जसले ब्लड सुगरमा उथलपुथल ल्याउँछ ।

मानसिक समस्या झेल्नुपर्छ

मस्तिष्कलाई ताजा राख्न पर्याप्त निद्रा आवश्यक हुन्छ । गहिरो निद्रामा हुँदा हाम्रो शरीरले विषाक्त पदार्थहरुलाई सफा गर्ने काम गर्छ ।

राम्ररी सुत्न सकिएन भने यसले ‘मुड डिसअर्डर’को शिकार हुने खतरा हुन्छ । यसले हामीलाई भावनात्मक समस्या ल्याउँछ ।

कतिपय अनुसन्धानबाट के पुष्टि भएको छ भने, अनिन्द्राले स्मरणशक्ति कमजोर हुन्छ । किनभने गहिरो निन्द्रमा रहेको बेला दिमागले आफुलाई ‘रि-सेट’ गर्छ । निद्रा पुरा नहुँदा दिमागको यो प्रक्रियामा बाधा पुग्छ । भरपुर निद्रा नलिदा अल्जाइमर जस्तो रोगको शिकार बन्नुपर्ने हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?