Comments Add Comment

प्रदेश ४ को लक्ष्यः तीन वर्षमै दुधमा आत्मनिर्भर

३० जेठ, पोखरा । प्रदेश ४ को सरकारले दुग्ध विकास बोर्ड गठन गर्दैछ । व्यावसायिक कृषि तथा पशुपालनलाई व्यवस्थित र व्यावसायिक बनाउने योजनासहित प्र्रदेश सरकारले बोर्ड गठन गर्न लागेको हो ।

बोर्ड गठनका लागि चाहिने विधेयकमाथि संसदमा पुगेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले किसानमैत्री नीति बनाएर प्रदेशलाई तीन वर्षमा दुध उत्पादनको हब बनाउने योजना सुनाए ।

कृषि मन्त्री थापाले भनेका छन्, ‘तीन वर्षसभत्र प्रदेशलाई दुग्ध उत्पादनको हब बनाउँछौं । प्रदेश दुधमा आत्मनिर्भर बन्ने छ ।’

दुधमा आत्मनिर्भर मात्रै होइन पाँच वर्षमा निर्यात गर्ने योजनासहित सरकारले नीति बनाउन लागेको कृषिमन्त्री थापाले बताए ।

दुध उत्पादन बढाउन सरकारले घाँसमा आधारित दाता र पशुमा आधारित प्रांगारिक कृषिमा जोड दिइने कृषिमन्त्री थापाको भनाइ छ । प्रांगरिक मलको प्रयोगबाट कृषिलाई व्यावसायिक र अर्गानिकयुक्त बनाउने लक्ष्य सरकारको रहेको उनले बताए ।

व्यावसायिक तथा अर्गानिक कृषि उत्पादनका लागि सहज नीति निर्माण गरिने मन्त्री थापाले जानकारी दिए । उन्नत जातको गाई पालनलाई बढवा दिने नीति सरकारले ल्याउने बताए ।

संसदमा पेश भएको प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयकमाथि छलफलमा भाग लिँदै प्रदेशसभा सांसदहरुले कृषि र पशुपालनमा किसानमैत्री नीति ल्याउनुपर्नेमा जोड दिएका छन् ।

बुधबारकै बैठकमा प्रदेश आकस्मिक कोषसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक र स्थानीय तहको कानुन निमार्ण प्रक्रियाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी प्रतिवेदन टेबल भएको छ ।

विधायन समिति सदस्य सावित्रा रानाले दुई विधेयकमा सामान्य परिवर्तनसहितको प्रतिवेदन बैठकमा पेश गरेकी थिइन् ।

खोप सेवा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सरकारका तर्फबाट सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले बैठकमा पेश गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment