Comments Add Comment

प्रदेशसभामा विषयगत समिति थप्ने प्रस्ताव

३० जेठ, बुटवल । प्रदेश सरकारको नीति कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । बुधबार बसेको प्रदेश सभाको बैठकले सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको हो ।

गत शुक्रवार सरकारको तर्फबाट प्रदेश प्रमुख उमाकान्त झाले नीति कार्यक्रम प्रदेश सभामा पेश गरेका थिए ।

बुधबारकै बैठकबाट प्रदेश नम्वर ५ को वित्त व्यवस्थापन विधेयक र प्रदेश कर तथा गैरकर राजश्व सम्वन्धी विधेयक पनि सर्वसम्मतीले पारित भएको छ ।

बैठकमा नियमावली संशोधन मस्यौदा समिति अध्यक्ष दामा कुमारी शर्माले प्रदेश सभा नियमावली,२०७४ लाई संशोधन गर्न बनेको नियमावली संशोधन मस्यौदा समितिको प्रतिवेदन पेश गरेकी छन् ।

प्रतिवेदनमा बिषयगत समितिहरुको संख्या बृद्धि गर्न प्रस्ताव गरिएको छ । हाल विधायन समिति, सार्वजनिक लेखा समिति, प्रदेश मामिला तथा सामाजिक न्याय समिति र अर्थ तथा विकास गरी चार वटा समिति रहने व्यवस्था छ र

प्रतिवेदनमा बिषयगत समितिहरुको संख्या बृद्धि गरेर छ वटा बनाउने प्रस्ताव गरिएको छ । समितिहरुमा सार्वजनिक लेखा समिति, अर्थ, उद्योग तथा पर्यटन, भौतिक पुर्वाधार तथा विकास, प्रदेश मामिला तथा कानून, समाजिक विकास र कृषि, वन, तथा वातावरण समिति राख्न प्रस्ताव गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment