Advertisement skip this
  1. ताजा अपडेट
Comments Add Comment

उत्तर कोरिया सन् २०२० भित्र परमाणु हतियार मुक्तः अमेरिका

३१ जेठ, काठमाडौं । उत्तर कोरियाले आगामी सन् २०२० भित्र परमाणु मुक्त गरेर देखाउनुपर्ने अमेरिकाले बताएको छ ।

दक्षिण कोरियाको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले भने, ‘ठूलो रुपमा निरस्त्रीकरण… हामीलाई विश्वास छ यो लक्ष्यलाई अढाई वर्षभित्र हासिल गर्न सकिन्छ ।’

उत्तर कोरियासँग अझै एक ठूलो काम गर्न बाँकी नै रहेको उनले बताए ।

अमेरिकी विदेशमन्त्रीको यो टिप्पणी सिंगापुर समिटपछि आएको हो । सिंगापुरमा हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच भेटवार्ता भएको थियो । सो भेटवार्तामा कोरियाली प्रायद्वीपलाई परमाणु निरस्त्रीकरण गर्ने सहमति भएको थियो ।

तर, उत्तर कोरियाले कहिले र कसरी परमाणु हतियार छाड्ने भन्ने स्पष्ट व्यवहोरा सार्वजनिक भइसकेको छैन । त्यसैले यो सम्झौता अस्पष्ट भएको भनेर आलोचना पनि भइरहेको छ ।

त्यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको तर्फबाट अब परमाणुको खतरा नभएको बताएका थिए । तर यो दावीको विश्वसनीयतामा प्रश्न उब्जिएको छ । किनभने सम्झौताअनुसार उत्तर कोरियाले आफ्ना परमाणु हतियार र त्यसलाई प्रहार गर्ने मिसाइल आफूसँगै राख्ने छ । यसैगरी उत्तर कोरिया त्यस्तो कुनै प्रक्रियामा सहमत पनि भइसकेको छैन जसमा परमाणु हतियारबाट छुटकारा मिलोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment