Comments Add Comment

के प्रेममा छिन् केकी अधिकारी ?


नेपाली चलचित्रमा धेरै कलाकारको प्रेम प्रसंग सार्वजनिक भैरहेका छन् । अहिले त कतिपय कलाकारहरुले खुल्लमखुल्ला प्रेम देखाइ पनि रहेका छन् ।

कुनै समय प्रेमको खबर बाहिर आउँदा फ्यान भड्किन्छन् भन्ने डर कलाकारमा हुन्थ्यो । तर, अहिले समय बदलिएको छ । कलाकारहरु निर्धक्क प्रेम गर्न थालेको पाइन्छ ।

अधिकांश कलाकार कुनै न कुनै समय प्रेमको खबरमा रंगिएको समयमा नायिका केकी अधिकारी भने यसमा खासै मुछिएकी थिइनन् । तर, अहिले केकीको पनि प्रेम चर्चा सुरु भएको छ ।

केकीको गायक आर्जन पाण्डेसँग नाम जोडिएको हो । उनीहरु पछिल्लो समयमा एकसाथ देखिन थालेका छन् । उनीहरुको निकटता मित्रताभन्दा माथि रहेको उनीहरु निकट चलचित्रकर्मीहरु बताउँछन् । केकीले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को प्रमोसनको समयमा पनि आर्जनले साथ-साथ रहेको वुझिएको छ ।

तर, नायिका केकी भने आर्जनसँग आफ्नो प्रेम नरहेको प्रतिक्रिया दिएकी छिन् । अनलाइनखबरसँग छोटो प्रतिक्रिया दिदै केकीले आर्जन र आफू राम्रो साथी मात्र भएको दावी गरिन् । उनले, आफूहरुबीच व्यवसायिक सम्बन्ध रहेको पनि बताइन् ।

तर, केकी र आर्जनको निकटता हेर्दा मित्रतामा मात्र सिमित छन् भन्न सकिदैन । आर्जनले गाएका अधिकांश गीतको म्यूजिक भिडियोमा केकी नै मोडल छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment