Comments Add Comment

गुन्डागर्दीविरुद्ध प्रहरी अप्रेशनः राधे समूहका दुई जना समातिए

३१ जेठ, काठमाडौं । प्रहरीले काठमाडौंको ठमेल क्षेत्रमा सक्रिय भएर गन्डागर्दीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको झैटी दउराली–८ घर भइ हाल सितापाइला बस्दै आएका २६ वर्षीय देवकुमार थापा र उनका सहयोगी धादिङको ज्वालामुखी–३ का २९ वर्षीय कमल गुरुङ छन् ।

काठमाडौं प्रहरी परिसरबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरुलाई पेस्तोल र एउटा खुकुरीसहित नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार थापा ‘राधे समूह’का गुन्डा हुन् ।

थापाले आफूलाई ट्रेकिङ गाइड र अमृत साइन्स क्याम्पसको क्यान्टिनमा काम गर्ने व्यक्तिको रुपमा परिचय दिने गरेका छन् । गुरुङ भने थापाको निकटमा रहेर गुन्डागर्दीमा संलग्न रहेको प्रहरी बताउँछ ।

उनले आफू इच्छासिद्धी बालुवा प्रशोधन केन्द्रको सेयर होल्डर भएको बयान दिएका छन् ।

होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसायीलाई धम्क्याएर हप्ता असुलीमा उनीहरु सक्रिय रहेको गुसानोपछि प्रहरीले निगरानी बढाएको थियो । र, खोजतलासका क्रममा उनीहरुलाई बुधबार राति ठमेल, ज्याठाको गल्लीबाट नियन्त्रणमा लिइएको परिसरका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले अनलाइनखबरलाई बताए ।

‘उनीहरुले बोकेको कालो झोला चेकजाँच गर्दा रिवल्वर र खुकरी फेला परेको थियो । लगत्तै, उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment