Comments Add Comment

‘जिरो इद टिजर’: सलमानको काखमा साहरुख


यो बर्षकै प्रतिक्षित बलिउड चलचित्र ‘जिरो’को ‘इद टिजर’ सार्वजनिक गरिएको छ । इदको अवसर पारेर चलचित्रको अर्को टिजर रिलिज गरिएको छ ।

यो टिजरमा बलिउडका दुई चर्चित सुपरस्टार साहरुख खान र सलमान खान देखिएका छन् । तर, टिजरमा साहरुख खानलाई होचो व्यक्तिको भूमिकामा देख्न सकिन्छ ।

आनन्द एल रायको निर्देशनमा तयार भएको यो चलचित्र डिसेम्बर २१ बाट रिलिज हुँदैछ । तर, यसको निर्माणपक्षले हरेक चाडमा एउटा टिजर सार्वजनिक गर्ने योजना बनाएको छ ।

यसकारण, इदको अवसरमा शुभकामना दिदै साहरुख र सलमानको झलक देखाइएको हो । चलचित्रमा अनुष्का शर्मा र कट्रिना कैफ मुख्य भूमिकामा छन् । चलचित्रको हाल अमेरिकामा छायांकन भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment