Comments Add Comment

‘सम्पूर्ण ओझा परिवार’ मा शिल्पा पनि


निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलको प्रेमको चर्चा त पुरानो भयो । तर, अहिले उनीहरुबीच बिहे नै भइसकेको चर्चा पनि चलिरहेको छ ।

छवि र शिल्पाले गत वर्षको दशैमा नै बिहे गरेको बताइन्छ । शिल्पा र छविले भने बिहेको कुरा स्विकार गरेका छैनन् । तर, छविको परिवारको महत्वपूर्ण हिस्सा शिल्पा बनिसकेकी छिन् ।

निर्माता ओझाले अहिले चलचित्र निर्माणसँगै अन्य विभिन्न विधामा पनि लगानी गरिरहेका छन् । काठमाडौको मैतिदेवीमा सञ्चालन भैरहेको कान्तिपुर फिल्म एकेडेमीमा छविको लगानी छ । यस्तै, भोलीबाट औपचारिक रुपमा सञ्चालन हुन लागेको ‘इलाइट सिनेमा’मा पनि उनको लगानी छ ।

उनै छविले वुधबार इटहरीमा आफ्नै लगानीमा खुलेको इलाइट सिनेमा हलमा आफ्नी आमालाई चलचित्र देखाए । आफैले निर्माण गरेको चलचित्र ‘मंगलम’ देखाउन उनले आफ्नो परिवारलाई नै हलमा लगेका थिए । छविले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्-‘मेरी ९५ वर्षकी आमासहित सम्पूर्ण ओझा परिवारले इलाइट सिनेमा हलमा चलचित्र मंगलम हेरेका छौ ।’

छविले ‘सम्पूर्ण ओझा परिवार’ भन्दै आफ्नी आमा, छोरा साकार ओझा र नायिका शिल्पा पोखरेलको तस्बिर समेत राखेका छन् । यसको अर्थ, शिल्पा ओझा परिवारको सदस्य बनिसकेकी भनेर बुझ्न सकिन्छ । अब त छवि र शिल्पाले बिहेको कुरा सार्वजनिक रुपमा नै स्विकार गर्छन् कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment