Comments Add Comment

नेपाल विज्ञपन संघको २८औँ वार्षिकोत्सव


३१ जेठ, काठमाडौं । नेपाल विज्ञपन संघ (आन)ले आफ्नो २८औँ वार्षिकोत्सव मनाएको छ । बुधबार समारोहका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह–सचिव प्रेम कुमार श्रेष्ठले कार्यक्रमको उद्घाटन गरेका हुन् ।

२०४७ सालमा स्थापित विज्ञापन संघ व्यवसायीको हकहितका लागि स्थापना गरिएको संस्था हो । बुधबार २८औँ वार्षिकोत्सवको उद्घाटन गर्दै सहसचिव श्रेष्ठले मन्त्रालय बीचमा सहकार्य भइरहेको र सघले यस्ता सामाजिक उत्तरदायित्वको कार्य गरेकामा सराहना गरे ।

संघको कार्यालय भवन शान्तिनगरमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा संघका सदस्य तथा संघका पूर्वअध्यक्षहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा रक्तदानको समेत आयोजना गरिएको थियो ।

संघका अध्यक्ष रबिन्द्र कुमार रिजालले कार्यक्रमको सभापतित्व गर्दै विश्व रक्तदान सप्ताहमा यो  रक्तदान कार्यक्रम गर्न पाउदा आफुलाई खुसि लागेको बताए । कार्यक्रममा मेडिसिटि अस्पतालका महाप्रबन्धक विजय रिमालको पनि उपस्थिति थियो ।

नेपाल मेडिसिटी अस्पतालको सहयोगमा रक्तदान तथा निःशुल्क मुटु परिक्षण तथा इसीजी सेवाबाट २०० भन्दा  बढी स्थानीय व्यक्तिहरुले मुटु जाँच गरेको नेपाल मेडिसिटि अस्पताल मुटु रोग विशेषज्ञ डा. मिलन गौतमले बताएका थिए ।

उक्त अवसरमा ५२ पिन्ट रगत संकलन भएको थियो । संघको वार्षिकोत्सव समारोहमा नेपाल मिडिया सोसाइटीका प्रतिनिधि, पत्रकार, स्थानिय जनसमुदायको पनि उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment